१ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति विद्युतमा भ्याट लगाएर सरकारले जनतालाई सास्ती दिएको सीके राउतको आरोप विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा लाग्दै आएको हाटबजार स्थानान्तरण



अ+ अ-

सिरहा । सिरहाको गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ । लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका–४ स्थित गुद्री हाटबजारलाई हालै करिब यस मिटर उत्तरतर्फ धमिनि मन्दिर नजिक सारिएको हो ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठको निर्देशनमा सडक अतिक्रमण हटाउँदै हटबजारलाई निश्चित स्थानमा सारिएको हो । हटिया स्थानान्तरणसँगै कञ्चनपुर–कमला सडक स्तरोन्नति कार्यमा समेत सहजता आएको छ ।

“सडकमा हटिया लाग्दा जनजीवन प्रभावित थियो, सवारी साधन चलाउन समस्या थियो, त्यसैले हटिया व्यवस्थित गर्न निर्देशन दिइएको हो”, हटिया स्थानान्तरणपछि नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “सडकपेटी सार्वजनिक सम्पत्ति हो, त्यसलाई सुरक्षित र खुला राख्नु हामी सबैको दायित्व हो ।”

गोलबजार उद्योग व्यापार सङ्घका पूर्वअध्यक्ष भरत अग्रवालले  हाटबजारको स्थानान्तरणलाई सकारात्मक कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस ठाउँमा लाग्ने हाटबजारले दुर्घटनाको जोखिम थियो । सडकपेटीमा हाटबजार लाग्दा ट्राफिक व्यवस्थापनमा चुनौतीका साथै दुर्घटना र व्यापारमा असर भइरहेको थियो । अब सुधार हुने अपेक्षा गरेका छौँ ।”

गोलबजार नगरपालिकाले हाटबजार व्यवस्थापनलाई थप व्यवस्थित र दीगो बनाउने योजना अघि सारेको जनाएको छ ।




भर्खरै