१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति एमालेमा फर्कदा पार्टीलाई फाइदा नै हुन्थ्यो तर लोकतन्त्रलाई घाटा हुने भएपछि रोकियो : महासचिव पोखरेल



अ+ अ-

काठमाडौं, साउन ७ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कदा पार्टीलाई फाइदा तर लोकतन्त्रलाई घाटा हुने भएपछि बिशेष निर्णय लिनुपरेको प्रष्ट पारेको छ ।

केन्द्रीय सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीको निर्णयबारे जानकारी दिन एमाले प्रचार तथा प्रकाशन बिभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यस्तो जानारी दिनुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउने भन्दा लोकतन्त्रलाई बलियो र बनाउन र संस्थागत गर्नका लागि भएको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पूर्वराष्ट्रपति एमालेमा सक्रिय बन्दा पार्टी बलियो हुने भएपनि लोकतन्त्र कमजोर हुने निश्कर्षमा केन्द्रीय कमिटी पुगेको उहाँको भनाइ छ ।

‘पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ । उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो,’ केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्दै महासचिव पोखरेलले भन्नुभयो, ’तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ । पार्टी बलियो भए पनि लोकतन्त्र कमजोर हुन्छ भन्ने हाम्रो साझा निश्कर्ष रह्यो ।’ उहाँले बिद्या भण्डारी एमालेको राजनीतिमा मात्र नभएर दुनियासामू स्थापित नेतृ रहेको र कामबाट अब्बलता सावित भइसकेको भएपनि पार्टीमा सक्रिय हुन लोकतान्त्रिक मुल्य–मान्यताले नदिने एमालेको निचोड रहेको बताउनु भयो ।

‘गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिदैन । यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरु विवादित हुन सक्छन्। भविष्यको कुनै आश या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नैपर्छ,’ पार्टी निर्णय उधृत गर्दै महासचिव पोखरेलले भन्नुभयो ।

एमालेको सदस्यता नविकरण नहुँदा उहाँ सामाजिक काममा सहभागी नहुने र घरमा नै बस्नुहुन्छ भन्ने पार्टीको अपेक्षा नरहेको उहाँको भनाइ छ । उहाँ अभिभावक भएकोले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वभाविक नभएको पोखरेलको भनाइ छ ।

पत्रकारहरुको प्रश्नको जवाफमा महासचिव पोखरेलले योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रुपमा उम्मेद्वार हुन पाउने ब्यवस्था रहेकोले पूर्वराष्ट्रपति राजनीतिमा आउन हुने कि नहुने भन्ने बिषयमा भएको निर्णयलाई नेतृत्वसँग जोडन नमिल्ने बताउनु भयो । ’योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन् । हामीले कसैलाई छेकेका छैनौ झ महासचिव पोखरेलले भन्नुभयो ’तर केन्द्रीय कमिटीको एक मतले मिसन ०८४ को नेतृत्व केपी ओलीले नै गर्नु पर्दछ भनेको छ ।’

महासचिव पोखरेलले गणतन्त्रलाई संस्थागत गर्ने सवालमा कुनै संझौता गर्न नसकिने नेकपा एमालेको दृढ मान्यता र अबिचलित अडान रहेकै कारण फाइदा हुने अवस्था भएपनि पूर्वराष्ट्रपतिलाई सक्रिय हुने अनुमति दिन नसकिएको बताउनु भयो । उहाँले एमाले राष्ट्रपति र उपराष्ट्रपति पार्टी राजनीतिमा फर्कन नमिल्ने भन्दै त्यस्तो काम गणतन्त्रलाई कमजोर पार्ने प्रयत्नका रुपमा आफूहरुको निश्कर्ष रहेको पनि बताउनु भयो ।