२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भ्रष्टाचार गर्न टेण्डर पाए जस्तो व्यवहार गरिरहेको छः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस–एमालेको संयुक्त सरकारले भ्रष्टाचार गर्न टेण्डर पाएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गर्नुभएको हो । अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिष्पर्धा भइरहेको उहाँको भनाइ छ ।

उहाँले वर्तमान सरकारका एकदुई जना नभएर दर्जनबढी मन्त्रीहरुमाथि छानविन गर्नुपर्ने पनि बताउनु भयो । उहाँले पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न जटिल हुँदै गएको बताउनु भयो । उहाँले केही कर्मचारीलाई कारबाही गरेर मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले काँग्रेस र एमालेजस्तो दुई ठूला पार्टीहरु मिलेको सरकारले देश लुट्नलाई टेण्डर पारेको जस्तो व्यवहार भइरहेको छ । अहिले कुन मन्त्रीले कति कमाउने भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको छ । अहिले एकदुई मन्त्रीको कुराको होइन । अहिले एक दर्जनभन्दा बढी मन्त्रीको छानविन गर्नुपर्ने बेला आएको छ । अहिले भ्रष्टाचार कहाँ छ भनेर भन्नु परेन अहिले भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने बेला आएको छ । अब यो भ्रष्टाचारको अन्त्य केही कर्मचारीहरुलाई कारबाही गरेर हुन्न । भ्रष्टाचारको जरो र छाता भनेको राजनीतिक क्षेत्र हो । जबसम्म राजीनितक नेतृत्वलाई छानविनको दायरामा ल्याइँदैन । तबसम्म भ्रष्टाचार अन्त्यको कल्पना गर्न सकिँदैन ।’

उहाँले भिजिट भिसा प्रकरणमा दुई विपक्षी दलहरु आन्दोलनमा रहँदा समेत सरकार गम्भीर नभएको भन्दै संवादका लागि अग्रसर हुन आग्रह गर्नुभयो ।




भर्खरै