३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भ्रष्टाचार गर्न टेण्डर पाए जस्तो व्यवहार गरिरहेको छः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस–एमालेको संयुक्त सरकारले भ्रष्टाचार गर्न टेण्डर पाएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गर्नुभएको हो । अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिष्पर्धा भइरहेको उहाँको भनाइ छ ।

उहाँले वर्तमान सरकारका एकदुई जना नभएर दर्जनबढी मन्त्रीहरुमाथि छानविन गर्नुपर्ने पनि बताउनु भयो । उहाँले पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न जटिल हुँदै गएको बताउनु भयो । उहाँले केही कर्मचारीलाई कारबाही गरेर मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले काँग्रेस र एमालेजस्तो दुई ठूला पार्टीहरु मिलेको सरकारले देश लुट्नलाई टेण्डर पारेको जस्तो व्यवहार भइरहेको छ । अहिले कुन मन्त्रीले कति कमाउने भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको छ । अहिले एकदुई मन्त्रीको कुराको होइन । अहिले एक दर्जनभन्दा बढी मन्त्रीको छानविन गर्नुपर्ने बेला आएको छ । अहिले भ्रष्टाचार कहाँ छ भनेर भन्नु परेन अहिले भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने बेला आएको छ । अब यो भ्रष्टाचारको अन्त्य केही कर्मचारीहरुलाई कारबाही गरेर हुन्न । भ्रष्टाचारको जरो र छाता भनेको राजनीतिक क्षेत्र हो । जबसम्म राजीनितक नेतृत्वलाई छानविनको दायरामा ल्याइँदैन । तबसम्म भ्रष्टाचार अन्त्यको कल्पना गर्न सकिँदैन ।’

उहाँले भिजिट भिसा प्रकरणमा दुई विपक्षी दलहरु आन्दोलनमा रहँदा समेत सरकार गम्भीर नभएको भन्दै संवादका लागि अग्रसर हुन आग्रह गर्नुभयो ।