२५ श्रावण २०८३, सोमबार
,
Latest
पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा पानी नभए घर छोड्दा समेत सरकार जिम्मेवार भएनः सांसद कंशाकार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले मधेसमा खानेपानीको अभावका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुँदा पनि सरकार गैरजिम्मेवार भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद कंशाकारले पानीको हाहाकार भएको बारा, पर्सा र महोत्तरी जानुपर्ने मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आपत्ति जनाउनुभएको हो ।

भिजिट भिसामार्फत भइरहेको संगठित मानव तस्करीविरुद्ध आफूहरु ४८ दिनदेखि आवाज उठाइरहेको भएपनि सरकारले नजरअन्दाज गरेको उहाँको भनाइ छ । भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि संसदीय छानविन विशेष समिति वा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘मधेशमा पिउने पानीका लागि मानिसहरु घर छोड्न बाध्य छन् । तर मन्त्रीहरु विदेश भ्रमणमै मस्त छन् । बारा, पर्सा, महोत्तरी पुग्नुपर्ने अर्जेन्सी सरकालाई छैन । संसदमा हामी ४८ दिनदेखि उभिएका छौं । भिजिट भिसाको नाममा हुने संगठित तस्करीबारे सरकारलाई खबरदारी गरिरहेका छौं । तस्करको सेटिङ नभत्किएको आजकै राष्ट्रिय दैनिकहरुमा छापिएको छ । भ्रष्ट र तस्करहरु सरकारसँग डराएका छैनन् ।’

उहाँले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानविन गर्न संसदीय समिति नबनेसम्म आन्दोलन जारी रहने बताउनु भयो ।