९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जलवायु परिवर्तनको दीगो समाधानका लागि सहकार्य र साझेदारी अपरिहार्य छ : सभापति देउवा

जलवायु परिवर्तनको दीगो समाधानका लागि सहकार्य र साझेदारी अपरिहार्य छ : सभापति देउवा
अ अ+ अ-

ललितपुर। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनको दिगो समाधानका लागि सहकार्य र साझेदारी अपरिहार्य भएको बताउनुभएको छ ।

४३औँ बिपी स्मृति दिवसको सन्दर्भमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार’सम्बन्धी विषयरूपमा ३० दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहमा सभापति देउवाले जलवायु परिवर्तनको समाधान केवल दोषारोपण वा क्षतिपूर्तिको तर्कमा सीमित हुन सक्दैन भन्दै यसको दिगो समाधानका लागि विश्व समुदायले एकजुट भई साझा प्रयास जारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“जलवायु सङ्कटको सामना गर्न हामीले केवल बाह्य सहयोगमा निर्भर रहने होइन, आफ्नै स्रोत, सीप र सम्भावनाको पूर्ण उपयोग गर्नु आजको आवश्यकता हो, यस्ता चुनौतीपूर्ण परिस्थितिमा बहुपक्षीय कूटनीतिक संलग्नता मजबुत बनाउने, ठूला प्रदूषक राष्ट्रहरूलाई कार्बन उत्सर्जन कटौती गर्न प्रेरित गर्ने तथा क्षेत्रीय सहकार्यलाई विस्तार गर्ने दिशामा नेपालले सक्रिय र अग्रसर भूमिका निर्वाह गर्नुपर्छ,” सभापति देउवाले भन्नुभयो ।

सभापति देउवाले वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा असार २ गतेदेखि साउन ५ गतेसम्म आयोजना गरिएको ३० दिने प्रशिक्षण कार्यक्रमको समापन ४३औँ बिपी स्मृति दिवसकै दिन सम्पन्न हुनु अत्यन्तै सराहनीय भएको बताउनुभयो । “गत जुन ५ विश्व वातावरण दिवसको अवसरमा विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हामीले पार्टीको केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा, पालिका तथा वडा, पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्यौँ, जुन अभियानले निरन्तरता पाएकोमा म खुसी व्यक्त गर्दछु ,” उहाँले भन्नुभयो ।

सभापति देउवाले प्रशिक्षण कार्यक्रमले जलवायु परिवर्तनसँग सम्बन्धित विविध आयाममा गहन छलफल गर्न अवसर प्रदान गरेको भन्दै यसले सहभागीहरूमा रहेको ज्ञान, अनुभव र क्षमताको उजागर गर्नुका साथै आपसी सिकाइ र विचार आदानप्रदानको महत्त्वपूर्ण थलो तयार गरेको अनुभव भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “विश्व मौसम सङ्गठनका अनुसार सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष बनेको छ । यो तथ्यले पेरिस सम्झौता अन्तर्गत निर्धारित १.५ डिग्री सेल्सियसको लक्ष्य अझै सम्भव भए पनि गम्भीर जोखिममा रहेको स्पष्ट सङ्केत गर्दछ । यसैले अब गम्भीर र दु्रत उत्सर्जन कटौती अपरिहार्य भएको छ ।

साथै, विकासोन्मुख देशहरूलाई आवश्यक जलवायु वित्त सहयोग प्रदान गर्ने दायित्व पनि झनै बढेको छ, जसले तिनीहरूलाई जलवायु प्रभावको सामना गर्न र दिगो विकासको मार्गमा अगाडि बढ्न सहयोग पुर्‍याउनेछ ।”

सभापति देउवाले नेपालका विभिन्न भू–भागमा जलवायु परिवर्तनका प्रत्यक्ष असरहरू देखिन थालेका छन् भन्दै सचेत रहनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम तीव्र रूपमा बढिरहेको छ, भने तराई–मधेसमा एकै समयमा खडेरी र बाढीको दोहोरो मार पर्दै आएको छ ।

यस्ता जटिल र बहुआयामी चुनौतीहरूको सामना गर्न पूर्वाधार सुदृढीकरण, हिमताल क्षेत्रमा नियमित निगरानी, प्रभावकारी प्रारम्भिक सूचना प्रणालीको स्थापना, साथै छिमेकी राष्ट्रहरूसँग मौसम तथा जलवायुसम्बन्धी सूचना साटासाट प्रणाली विकास गर्न आवश्यक छ ।”

प्रशिक्षण कार्यक्रममा व्यक्त गरिएका विचार र सुझावलाई पार्टीले मार्गदर्शनका रूपमा ग्रहण गरेको उल्लेख गर्दै सभापति देउवाले ती सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु भन्नुभयो ।

उहाँले बिपी कोइरालाले लोकतान्त्रिक आदर्श, मूल्य, मान्यता तथा संस्कारका धरोहरस्वरूप देखाउनु भएको मार्ग हाम्रा लागि प्रेरणादायी विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका प्रणेता, युगपुरुष एवं कांग्रेसका संस्थापक नेता जननायक बिपी कोइरालाको आज ४३औं स्मृति दिवस हो ।

आफ्नो आस्था, आदर्श र सिद्धान्तबाट कहिल्यै विचलित नभइ देश र जनताको अधिकार, हित र लोकतान्त्रिक मूल्यको संरक्षणका निम्ति जीवनभर सङ्घर्षरत रहनुभएका बिपी कोइरालाको अतुलनीय योगदानको स्मरण गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।”

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले पार्टी कार्यालयलाई प्लास्टिकमुक्त गरेर देशलाई राम्रो सन्देश दिएको भन्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र वातावरण संरक्षणका क्षेत्रमा अव थप कार्यको सुरूआत गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री प्रकाशशरण महतले विकसित देशहरूले गरेको प्रदूषण र जलवायु प्रतिकूल कार्यले अल्पविकसित देशहरूले त्यसको सजाया भोग्नुपरेको भन्दै त्यसको क्षतिपूर्तिको लागि जोडदार आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले नीति, कार्यक्रम तथा योजनामार्फत विभिन्न वन, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै काम गरिरहेको बताउनुभयो । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले जलवायु परिवर्तनको विषयका केन्द्रीत रहेर राज्यले पनि गर्न नसकेको काम गरेको बताउनुभयो । रासस