९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण
अ अ+ अ-

कैलाली।  कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वनको अतिक्रमित वनक्षेत्र खाली गराई वृक्षरोपण गरिएको छ । यहाँ तीन दशमलव नौ हेक्टर क्षेत्र खनजोत गरी अतिक्रमण गरिएको थियो ।

डिभिजन वन कार्यालय, कैलालीले वन कर्मचारी, सुरक्षा निकाय र स्थानीय उपभोक्ताको सहयोगमा अतिक्रमित वन क्षेत्र आज खाली गराएको छ । उक्त क्षेत्रमा आजै विभिन्न प्रजातिका छ हजार बिरुवा रोपिएको डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिनुभयो ।

अतिक्रमण हटाउने कार्यमा डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र वन रक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो । वृक्षरोपणसँगै अतिक्रमणमुक्त गरिएको उक्त वन क्षेत्रको सुरक्षाका लागि ९८२ मिटर लामो ट्रेन्च नाली निर्माण गरी तारबारसमेत गरिएको डिभिजनल वन अधिकृत भट्टले जानकारी दिनुभयो ।

असारको अन्तिम साता रातिको समयमा केही व्यक्तिले ट्र्याक्टर प्रयोग गरी उक्त सामुदायिक वनको जमिन जोतेर मास छरेपछि सामुदायिक वन उपभोक्ता समूहले त्यसको प्रतिकार गरेको थियो । अतिक्रमणकारीले अवरोध सिर्जना गरेपछि समूहले सवडिभिजन वन कार्यालय, उदासीपुरमार्फत डिभिजन वन कार्यालय, कैलालीलाई अतिक्रमण हटाउन सहयोगका लागि अनुरोध गरेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदमबहादुर ऐरले बताउनुभयो ।

त्यसपछि असार ३१ गते डिभिजनल वन अधिकृत भट्ट, गौरीगङ्गा नगरपालिका प्रमुख देवीलाल कँडेल, वडा नं १० का अध्यक्षलगायत जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिको टोलीले अतिक्रमित क्षेत्रको स्थलगत अनुगमन गरेको सव डिभिजन वन कार्यालय उदासीपुरका सहायक वन अधिकृत केशवराज पौडेलले बताउनुभयो ।

त्यसै आधारमा सोमबार  कैलालीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले अतिक्रमित वन क्षेत्रलाई तत्काल खाली गराई वृक्षरोपण र तारबार गर्ने निर्णय गरेको थियो । “सोही निर्णय कार्यान्वयन गर्दै आज उक्त अतिक्रमित वनक्षेत्र खाली गराई टे«न्च निर्माण, तारबार र वृक्षरोपण गरिएको हो”, डिभिजनल वन अधिकृत भट्टले भन्नुभयो ।

कैलाली वन अतिक्रमणको दृष्टिकोणले देशकै सबैभन्दा संवेदनशील क्षेत्र मानिन्छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार देशभर अतिक्रमणमा परेको कूल एक लाख चार हजार हेक्टर वन क्षेत्रमध्ये ३८ प्रतिशतभन्दा बढी कैलालीमा मात्रै रहेको छ, जुन ३८ हजार ४० हेक्टर हुन आउँछ ।

यद्यपि, पछिल्ला वर्षहरूमा कैलालीका डिभिजन वन कार्यालयले अतिक्रमण हटाउन आफ्नो सक्रियता बढाएका छन् । सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै जिल्लाको १३५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको थियो ।

उहाँले अतिक्रमण नियन्त्रणका क्रममा आउने व्यवहारिक कठिनाइ समाधान गर्न वन निर्देशनालयले आफ्नै जेसिबी खरिद गरी प्रयोगमा ल्याएकाले अतिक्रमण नियन्त्रणमा सघाउ पुगेको बताउनुभयो ।

वन अतिक्रमणका पछाडि व्यक्तिगत स्वार्थ मात्र नभई सङ्गठित र राजनीतिक कारणहरू पनि जिम्मेवार रहेको निर्देशक विष्टको भनाइ छ । “भू–माफियाहरूले सुकुम्बासी र बाढीपीडितका नाममा वन कब्जा गराउने, भोट बैंकको राजनीतिका कारण अतिक्रमणले राजनीतिक संरक्षण पाउने र सरकारी निकायबाटै वन क्षेत्रमा सडक, भवनजस्ता संरचना निर्माण हुने प्रवृत्तिले समस्यालाई थप जटिल बनाएको छ”, उहाँले भन्नुभयो । रासस