३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियोेः नेता सिटौला



अ+ अ-

ललितपुर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा रहेको स्मरण गर्नुभएको छ ।

कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको ‘स्मृतिमा बिपी’ विचार गोष्ठीमा उहाँले कुनै पनि वैदेशिक राष्ट्रको हस्तक्षेप सहनुहुन्न भनेर राष्ट्र र राष्ट्रियताबारे कोइरालाको स्पष्ट धारणा रहेको बताउनुभयो ।

“राष्ट्र र राष्ट्रियता भनेको जनता हो, जनताको अधिकारबिना राष्ट्र र राष्ट्रियता रहँदैन भन्ने उहाँको सोच थियो । लोकतान्त्रिक शासन पद्धतिमा कसैसँग सम्झौता गर्नुभएन, नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुला परेर छोडिदिनुभयो”, सिटौलाले भन्नुभयो ।

उहाँले जननायक बिपी कोइरालालाई गतिशील नेताका रुपमा बुझ्नुपर्ने भन्दै फाँसीको मुद्दा अदालतमा रहँदा पनि आफ्नो घाँटी राजासँग जोडिएको भन्दै राजासँग सहकार्य गरेको बताउनुभयो । नेता सिटौलाले राष्ट्र र लोकतान्त्रिक व्यवस्थाका लागि बिपी राजासँग मिलेको उल्लेख गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले लोकतान्त्रिक व्यवस्था मासेका कारण राजतन्त्र र राजसंस्था बिदा भएको बताउनुभयो ।

पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले पञ्चायतकालमा कोइराला परिवारले दुःख, कष्ट भोगेर पनि कांग्रेसलाई बलियो बनाउँदै बहुदलीय व्यवस्था ल्याउन भूमिका खेलेको चर्चा गर्नुभयो । बिपीको लगनशीलता, त्याग र निष्ठालाई अनुशरण गर्दै व्यवहारिक रूपमा विकास र समृद्धिमा लाग्नुपर्ने धारणा कांग्रेस केन्द्रीय सदस्य राणाको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य जीतजङग बस्नेतले बिपीले गर्नुभएको योगदान, त्याग र तपस्यालाई वर्षमा दुई दिन सम्झनेभन्दा पनि हरेक दिन उहाँका सत्प्रेरणालाई अवलम्बन गर्दै देश र जनताका पक्षमा काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य धना खतिवडाले बिपीले परिकल्पना गरेअनुसारको लोकतान्त्रिक पद्धति, राजनीतिक स्वतन्त्रता, आर्थिक विकास र शासन पद्धतिमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, ललितपुर उपसभापति सुदर्शन घिमिरे, ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्कालगायतले बिपीको योगदान र कांग्रेस गर्नुपर्ने योगदानका विषय आफ्नो धारणा राख्नुभयो । रासस