१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाउनुभएको छ ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । राजनीतिक अवस्था लथालिङ्ग र कम्युनिष्ट कार्यकर्ताहरु अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटी रहेको आरोप लगाउनु भयो । उहाँले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरुलाई नरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीति अस्थिर र भ्रष्टिकरण हुनुमा कम्युनिष्टको दोष छ । कम्युनिष्ट शक्तिहरुमा माओवादीको सबैभन्दा ठूलो दोष छ । आजको राजनीति भ्रष्ट हुनु, लथालिङ्ग हुनुमा, नेता कार्यकर्ताहरुलाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबैभन्दा त्रुटी माओवादीको छ । हाम्रो हो नि । हाकी उम्किने ठाउँ छैन ।’

स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उहाँको भनाइ छ ।