१ भाद्र २०८३, सोमबार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद प्रतिनिधिसभाः दुई सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली-भण्डारीबीचको छलफलबाट सुखद् समाचार सुन्न पाउँछौँः कर्ण थापा



अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेता कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको छलफल सकारात्मक हुने बताउनुभएको छ ।

ओली र भण्डारीबीचको छलफलका क्रममा पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भेटपछि सकारात्मक र सुखद् समाचार सुन्न पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले पार्टीभित्र धेरै विवाद छ र समाधान नै हुन सक्दैन झैँ प्रचार गरिएको भन्दै त्यस्तो अवस्था नरहेको बताउनु भयो । पोलिटब्युरो बैठकमा नेताहरुले पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल गरेर भण्डारीको सक्रिय राजनीतिमा आउने वा नआउने भन्नेबारे निकास दिनुपर्ने सुझाव दिएका थिए ।

उहाँले भन्नुभयो, ‘पार्टीभित्र जुन प्रकारको विवाद र द्वन्द्व छ, यो समाधान नहुने ठाउँमा पुगेको छ भन्ने चर्चा र परिचर्चा भएको छ । त्यस प्रकारको हो भन्ने मलाई लाग्दैन । पोलिटब्युरोको बैठक र सचिवालयको बैठकमा पनि धेरै कमरेडहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा प्रवेश गर्ने की नगर्ने भन्नेबारेमा दुई जनाको बीचमा सघन रुपमा छलफल भएर सहज निकास निकाल्नुस् भन्ने सुझाव दिएअनुरुप आज भेट भएको हो । सकारात्मक र सुखद् समाचार सुन्न पाउनेछौँ ।’

पूर्वराष्ट्रपति भण्डारीले पहिला नै पार्टी सदस्यता नविकरण गरिसक्नुभएको बताउनु भयो ।