२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुले खेलेको भुमिका असाधारणः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताउनुभएको छ ।

आईतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सशस्त्र द्वन्द्व अन्त्यपछि शान्ति प्रक्रियालाई अघि बढाउन राजनीतिक दलहरूको साझा पहल र सहमतिले महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाइ छ । उहाँले टिरआसी विधेयक पास भइसकेको उल्लेख गर्दै त्यसले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्ने कुराको सुनिश्चितता गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको द्वन्द्वलाई व्यवस्थापन गर्न र शान्ती प्रक्रियालाई व्यवस्थापन गर्नको लागि राजनीतिक दलहरुले गरेको साझा पहल, प्रयत्न र भूमिका असाधारण छ । यसले हजारौं द्वन्द्वपीडितहरुलाई न्यायको सुनिश्चितता गरेको छ । पीडकहरुलाई कानूनी दायरामा ल्याउने कुराको पनि सुनिश्चितता गरेको छ । अहिले विश्वका धेरै देशहरुले त्यहाँको द्वन्द्व व्यवस्थापन गर्दै शान्ती प्रक्रिया टुंग्याउनका लागि धेरै कसरतहरु गर्नुपरेको अवस्थामा हामीले गरेको कामको विषय प्रतिवेदनमार्फत विश्वमञ्चमा लैजानुपर्छ ।’

नेपालले शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढाएको अनुभवलाई अन्तरराष्ट्रिय समुदायमा प्रश्तुत गर्नुपर्ने उहाँको मत छ ।