काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच दुई घण्टा लामो भेटवार्ता भएको छ ।
सत्ता गठबन्धनभित्रै असमझदारी चुलिँदै गएको अवस्थामा बिहीबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रचण्ड निवास खुमलटारमा भएको यो भेटलाई समसामयिक राजनीतिक सन्दर्भमा निकै चासोका साथ हेरिएको छ ।
स्रोतका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयनको चुनौती र दलहरूबीचको बढ्दो अविश्वास जस्ता विषयमा छलफल भएको थियो ।
भेटवार्ताले दुईतिहाइको सरकार सामान्य प्रशासन सञ्चालन गर्न आएको सरकार जत्तिको पनि नभएको निष्कर्ष निकालेको छ ।
पछिल्लो समय सत्तारुढ गठबन्धनभित्र नीति, कार्यक्रम र सरकारको प्राथमिकता निर्धारणमा मतभेद र असमझदारी बढेको छ ।
सरकारले गर्ने नियुक्तिदेखि निर्णयसम्म गलत सावित भएको विषयमा पनि नेताहरूबीच कुराकानी भएको बताइएको छ ।










