४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था

रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था
अ+ अ-

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदका लागि बैठकमा अनुपस्थित हुने तथा बैठक छाड्नुपर्ने अवस्थाबारे पूर्वजानकारी दिनुपर्ने व्यवस्था गरेको छ।

रास्वपाले सांसदहरूलाई कारणवश संसद बैठकमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, बैठकमा उपस्थित भएर बीचमै छाड्नुपर्ने वा बैठकको बीचमा बाहिर गएर पुनः फर्किनुपर्ने अवस्थामा अनिवार्य रूपमा ‘संसद बैठक अनुपस्थित आवेदन’ फारम भर्न निर्देशन दिएको हो।

पार्टीले सांसदहरूलाई पठाएको निर्देशनमा भनिएको छ, “कारणवश संसद बैठकमा उपस्थित हुन नसकेमा, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने अवस्थामा, उपस्थित भएर बैठक बीचमै छोड्नुपर्ने भएमा वा बैठकको बीचमा बाहिर गई फर्किनुपर्ने भएमा संसद बैठक अनुपस्थित आवेदन फारम अनिवार्य पेश गर्न निर्देशन गरिन्छ।”

यसका लागि रास्वपाले सांसदहरूलाई चारवटा विकल्पसहितको आवेदन फारम उपलब्ध गराएको छ। जसमा (क) संसद बैठकमा पूरै उपस्थित हुन नसक्ने, (ख) बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, (ग) उपस्थित भएर बैठक बीचमै छाड्नुपर्ने र (घ) बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने विकल्प राखिएका छन्।

पार्टीले उक्त व्यवस्थाले संसद बैठकमा सांसदहरूको उपस्थिति र अनुपस्थितिलाई व्यवस्थित बनाउन सहयोग पुग्ने जनाएको छ।

सांसदहरूले आवश्यक विवरणसहितको आवेदन फारम अनलाइनमार्फत पेश गर्नुपर्नेछ।