२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकाको पोस्टमा नेपालको सात गोल



अ+ अ-

काठमाडौं । साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ ।

बंगलादेशमा जारी प्रतियोगितामा बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकालेको हो ।

खेलको पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो । नेपालका लागि पहिलो हाफमा पूर्णीमा राई र सरिता नाथले एक एक गोल गर्दा कुसुम खतिवडाले दुई गोल गरिन् । दोस्रो हाफमा समिक्षा मगरले दुई गोल गर्दा बिर्सना चौधरीले एक गोल थपिन्।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकालेको थियो ।

नेपालले अब भुटान र बंगलादेशसँग खेल्नेछ ।