१७ भाद्र २०८३, बुधबार
,
Latest
घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकाको पोस्टमा नेपालको सात गोल



अ+ अ-

काठमाडौं । साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ ।

बंगलादेशमा जारी प्रतियोगितामा बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकालेको हो ।

खेलको पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो । नेपालका लागि पहिलो हाफमा पूर्णीमा राई र सरिता नाथले एक एक गोल गर्दा कुसुम खतिवडाले दुई गोल गरिन् । दोस्रो हाफमा समिक्षा मगरले दुई गोल गर्दा बिर्सना चौधरीले एक गोल थपिन्।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकालेको थियो ।

नेपालले अब भुटान र बंगलादेशसँग खेल्नेछ ।