२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको कल्याणपुर नगरपालिका प्रमुख रामपुकार साह घुससहित पक्राउ



अ+ अ-

काठमाडौं। सिरहाको कल्याणपुर नगरपालिका प्रमुख रामपुकार साह घुससहित पक्राउ परेका छन् ।

साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले एकलाख घुस रकमसहित पक्राउ गरेको हो ।

मेयर साहले उपभोक्ता समितिलाई दिइएको भुक्तानीबाट एक लाख घुस लिएको बताइएको छ ।

आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिएलगत्तै नगरप्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको हो ।