१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले संसदलाई अवमूल्यन गर्ने तथा संसदीय प्रणालीमाथि छेडखानी गरिरहेको आरोप लगाउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो आराप लगाउनुभएको हो । उहाँले सरकारको व्यवहारले संविधान र व्यवस्थाप्रति जनतामा अरुची र संकट पैदा हुँदै गएको टिप्पणी गर्नुभयो । सरकार आफ्नो उद्देश्य पूरा गर्न सफल भएपनि राष्ट्र, जनता, सुशासन, संविधानको संशोधन र समृद्धिको कोणबाट हेर्दा पुर्णतः असफल भएको उहाँको भनाइ छ । सांसद सापकोटाले सरकारले तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको बजेट चलाएको उल्लेख गर्दै आर्थिक सुधारको संकेत देखिएपनि तत्कालीन सरकारलाई धन्यावाद दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद विघटन गरेको पृष्ठभूमि भएको नेताले सरकारको नेतृत्व गरिराख्नु भएको छ । सरकारले संसदलाई अवमूल्यन गर्ने, हेप्ने, संसदीय प्रणालीलाई छेडखानी गर्ने काम गरिराखेको छ । यो राम्रो भएन । यसले संसद मात्रै होइन व्यवस्थामाथि अरुची र संकट पैदा गर्दछ । यो सरकार जे उद्देश्य प्राप्तिको लागि गठन भएको छ त्यो उद्देश्य प्राप्तिमा सफल छ । राष्ट्र, जनता, सुशासन, संविधानको संशोधन र समृद्धिको कोणबाट हेर्दा पूर्णतः यो सरकार असफल छ । यो सरकार बजेट कार्यान्वयनले मुलुकमा आर्थिक सुधारका संकेतहरु देखिए भन्दै हिँडेको छ । यदि त्यसो हो भने त तत्कालिन सरकारलाई धन्यावाद दिनुपर्छ नि । यो सरकार भ्रष्टाचारका काण्डै काण्डमा अल्मलियो, सरकारले जनताकाप्रति उत्तरदायी भएर केही पनि काम गरेन ।’

सरकार भ्रष्टाचारमा अल्मलिएको कारण जनताप्रति उत्तरदायी हुन नसकेको उहाँको टिप्पणी छ ।