३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण तीव्र

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण तीव्र
(सांकेतिक तस्बिर)
अ+ अ-

भैरहवा । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५.६६ प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयले जनाएको छ । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ६ लेन सडक ३.६ किलोमिटर, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्म चार लेन सडक १४.५ किलोमिटर र पर्सा चोकदेखि कपिलवस्तुको तौलिहवासम्म दुई लेन सडक २३ किलोमिटर गरी जम्मा ४१.१ किमी सडक निर्माणलाई निरन्तरता दिइएको सडक आयोजना कार्यालयको सूचना शाखाले जनाएको छ । भैरहवा–लुम्बिनी– तौलिहवासम्मको सडक निर्माणका लागि भारतीय निर्माण कम्पनी  गवार कन्स्ट्रक्सन लिमिटेड गुणगाँवले सन् २०१७ जुन २२ मा सम्झौता गरेको हो । निर्माण शुरु गरिएको ३० महिना अर्थात् २०२० जनवरी १२ सम्म सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै २०२० अप्रिल ३० सम्म म्याद थपेको थियो ।

थपिएको म्यादसम्म पनि मजदूरको अभाव र नदीजन्य पदार्थको समस्याका कारण पूरा गर्न नसकिएको जनाउँदै सडकका आयोजना प्रमुख प्रदीपराज शाक्यले अबको तीन महिनामा निर्माण पूरा हुने जानकारी दिए। एशियाली विकास बैंकको आर्थिक सहयोगमा रु दुई अर्ब १६ करोड ८५ लाख ७५ हजार ९११ को लागतमा निर्माण भइरहेको सो सडकका बीच भागमा ग्रिन बेल्ट तथा दायाँबायाँ सर्भिस लेन र नाली रहने आयोजना प्रमुख शाक्यले जानकारी दिए। हालसम्म नाला, ग्याभिन९तारवाल०, रुख कटान, बिजुलीका खम्बा तथा तार जडान र मुआब्जा वितरणको काम सकिएको बताउँदै सडकको प्राविधिक समन्वय, निगरानी र परीक्षण गर्ने इञ्जिनियरिङ कन्सलटेन्टका निमित्त टिम प्रमुख इ अयोध्या श्रेष्ठले अब भने कालोपत्रेको काम धमाधम भइरहेको जानकारी दिए ।
बन्दाबन्दी समयमा पनि नियमितरुपमा काम भइरहेको निर्माण कम्पनीका नेपाली प्रतिनिधि मधुसूदन आचार्यले भने, “निर्माणका क्रममा कुनै समस्या नपरे अबको तीन महिनामा सम्पूर्ण सडक निर्माणको  कार्य पूरा गरिने छ ।”

नेपालमा पैदलमार्गबाट धेरै पर्यटक भित्रिने मुख्य नाकाका रुपमा रहेको बेलहियासंँग बुद्धचोक हुँदै जोडिएको सो सडकको निर्माणपछि बुद्ध जन्मस्थल लुम्बिनीलगायत बुद्धस्थल अवलोकन भ्रमणमा यात्राका लागि सजिलो हुने देखिएको छ । निर्माणको अन्तिम अवस्थामा पुगेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल करीब दुई महिनापछि सञ्चालन भएसंँगै सो सडकले पर्यटन तथा औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण टेवा दिने उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले विश्वास व्यक्त गरे ।