२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्छः अग्नि खरेल



अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय भएको जिकिर गर्दै यो हुनैपर्ने बताउनु भयो । उहाँले त्यसलाई सहज बनाउने गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरु सहजीकरण गर्दै जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वन मन्त्रालय संसारकै सबैभन्दा अररो मन्त्रालय हो । त्यो ऐन पनि अलिअलि अररो छ । मान्छे अलिअलि अररो भएन भने अलि अलि काम हुन्छ  नत्र भने त्यो कानून पनि अलिअलि अररो छ, त्यो हुन्छ नै । हुन्छ भनेर चित्त नदुखाउनुस्, हुन्छ नै । तर त्यसलाई कसरी सहज बनाउने भन्नेकुरा मुख्य हो । त्यसलाई सहज नबनाउने हो भने नेपालको विकास अगाडि जाँदैन । नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग गाँसिएका अनेकौँ इस्युजहरु छन्, ति कुराहरु सहज बनाउँदै जानुपर्छ । एउटा रुख काट्दा समस्या भयो, १० वटा रुख रोप्ने त तपाईंले नीति बनाउनुभएको छ त । प्रश्न नेपालको विकास गर्ने की नगर्ने भन्ने हो । नेपालको विकास गर्ने हो भने सय वटा रुख काट्नुस्, हजार वटा रोप्नुस् । ९ सय प्रतिशत त त्यो भन्दा बढी नै भयो नि । यो पर्यटनमा पनि समस्या भएको छ । वन सम्बन्धी नीतिलाई अलिकति खुकुलो बनाउँ ।’

विज्ञ सल्लाहकार खरेलले नेपालको विकासमा सबैभन्दा महत्वपूर्ण उर्जा क्षेत्र रहेको बताउनु भयो । प्रशारण लाइन कि सरकारले बनाउने वा अर्को बाटो खोज्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनु भयो । अहिले आएको विद्युत ऐन सही नरहेको पनि बताउनु भयो ।




भर्खरै