३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने

नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने
अ+ अ-

ललितपुर: नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले आफ्नो स्थापनाको ५० औं वर्ष (स्वर्ण जयन्ती) को अवसरमा १८ औं संस्करणको ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ ।

सोमवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत संस्थाले उक्त प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुने जानकारी दिएको हो । एचपी लुब्रिकेन्ट्स मुख्य प्रायोजक रहेको यस मेलाले नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, आधुनिक प्रविधि र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रश्तुत गर्ने उद्देश्य राखेको छ । पत्रकार सम्मेलनमा बोल्दै नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाले विगत ५ दशकदेखि नेपालको आर्थिक र औद्योगिक विकासमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको बताउनु भयो । उहाँले यस वर्षको अटो शो केवल सवारी साधनको प्रदर्शनी मात्र नभई नेपालको अटोमोबाइल क्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख भएको सन्देश दिने माध्यम बन्ने बताउनु भयो ।

मेलाका बारेमा विस्तृत जानकारी दिँदै १८ औं नाडा अटो शो समितिका सभापति अनुपकुमार बरालले यस पटकको प्रदर्शनी करिव ३ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिने र २०० भन्दा बढी स्टलहरू रहने जानकारी दिनुभयो। प्रदर्शनीमा २३ वटा ब्राण्डका प्यासेन्जर कार, १७ वटा ब्राण्डका लाइट कमर्सियल भेइकल, १३ वटा ब्राण्डका दुईपांग्रे र १० वटा वित्तीय एवं बीमा कम्पनीहरूको सहभागिता रहनेछ । त्यसैगरी, ७० वटा स्टलहरू अटोमोटिभ पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स र ग्यारेज उपकरणका लागि छुट्याइएका छन् ।

अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘विद्युतीय सवारी साधन (ईभी) को बढ्दो प्रयोग र आधुनिक प्रविधिसँगै नेपालमै सवारी साधन एसेम्बल हुने क्रम शुरु हुनु सुखद् पक्ष हो । यस प्रदर्शनीले शिथिल बनेको बजारलाई चलायमान बनाउन सहयोग पु¥याउनेछ ।’

यस पटकको प्रदर्शनीमा ‘मेड इन नेपाल’ र ‘मेड फर नेपाल’ प्याभिलियन विशेष आकर्षणको रूपमा रहनेछ । जहाँ नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारी साधनहरू (यात्री, सिप्रदी लगायत), टायर, लुब्रिकेन्ट्स, ब्याट्री र हेल्मेटहरूको प्रदर्शनी गरिनेछ । यसका साथै भविष्यको प्रविधिलाई झल्काउन जीआई ह्युमनोइड रोबोट र जीओ–२ क्वाड्रप्ट रोबोटको प्रदर्शन समेत गरिने आयोजकले जनाएको छ । मेला अवधिभर स्मार्ट मोबिलिटी र दिगो विकासका विषयमा केन्द्रित रहेर ‘सिम्पोजियम’ (छलफल कार्यक्रम) समेत आयोजना गरिनेछ ।

प्रदर्शनीलाई व्यवस्थित बनाउन दुईपांग्रे, चारपांग्रे र पार्टपुर्जाहरूका लागि छुट्टाछुट्टै जोनको व्यवस्था गरिएको छ । अवलोकनकर्ताहरूको सहजताका लागि ‘खल्ती’ एपमार्फत अग्रिम टिकट बुकिङको व्यवस्था मिलाइएको छ भने नेपाल पुलिस क्लव र नेसनल ट्रेडिङको परिसरमा पार्किङको प्रवन्ध गरी त्यहाँबाट प्रदर्शनी स्थलसम्म ‘सटल बस’ सेवा उपलब्ध गराइनेछ । मेलामा सुरक्षाका लागि सीसीटीभी निगरानी, अग्नि नियन्त्रण उपकरण र आपतकालीन स्वास्थ्य टोलीको व्यवस्था गरिएको छ । साथै, प्रदर्शनी स्थललाई अपाङ्गमैत्री समेत बनाइएको छ । ६ दिनसम्म चल्ने यस भव्य मेलामा करिव २ लाख आगन्तुकहरूले अवलोकन गर्ने लक्ष्य नाडाले लिएको छ । –न्युज एजेन्सी नेपाल