५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश



अ+ अ-

निर्माण शुरु भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ ।

राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् । त्यति मात्रै नभई राजमार्गका होटलहरुमा चहलपहल ह्वात्तै घटेको छ । सडककै कारणले पहिलेको तुलनामा आधा भन्दा बढि व्यापार सुकेके  व्यापारीहरु बताउछन् ।

दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आउनुभएका पदमबहादुर पोखरेलले विगत पाँच÷सातबर्षदेखि धुलो धुवाँ प्रदुषण झेल्नुपरेको बताउनु भयो । उहाँकाअनुसार बाटोले गर्दा ब्यापार चौपट छ ।होटल व्यवसायी पोखरेलले भन्नुभयो–‘बाटो समयमै नसकिदाँ अहिले यो बाटो गाडीहरु चल्नै छाडेका छन् । सुनसान छ । पहिला होटलमा गनिसाध्यै नहुने गरी मान्छे आउँथे । मान्छे अलि कम आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले सडकको पहिलेको तुलनामा केही काम त भएको छ । अहिलेकै गतिमा काम भयो भने त अर्को वर्ष पुरा हुन्छ की जस्तो लाग्छ ।’

व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उहाँले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताउनु भयो । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहेपनि तिब्र हुन नसक्नुमा व्यवसायीको आ—आफ्नै समस्या रहेको बताउनुहुन्छ । उहाँले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषि रहेको बताउनु हुन्छ ।

महासचिव दाहालले भन्नुभयो–‘निर्माण व्यवसायीहरुको आ—आफ्नै समस्या छ । राज्यले गर्नुपर्ने सम्पूर्ण काम नगरिदिदाँ व्यवसायी अझ समस्या फसेका हुन् । ठाउँठाउँमा सिंहदरबार राज्यले भनिरहेको अवस्थामा तर उनीले गर्नुपर्ने सेवा र संरचना निर्माण गर्दा होस् नपु¥याएका कारणले सम्पूर्ण निर्माण कार्य ढिला भएको छ र नागरिकलाई गाह्रो परेको हो ।’

उहाँकाअनुसार निर्माण व्यवसायीका समस्या राज्यले सुनिदिनुपर्छ । निर्माणको काम दु्रत बनाउने बातावरण बनाइदिनुपर्छ ।