१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस प्रकरणपछि राजकुमार गुप्ताको पद धरापमा, सरकार हटाउने तयारीमा



अ+ अ-

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको पद अहिले संकटमा परेको छ। भूमि आयोग कास्कीको नियुक्ति प्रकरणमा घुससम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई हटाउने वा राजीनामा गराउने तयारी सरकारले गरिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वतिर भ्रमणमा रहेका बेला सार्वजनिक भएको अडियोपछि बालुवाटारमा मन्त्री गुप्ताको भविष्यबारे छलफल सुरु भएको छ। एक उच्च स्रोतका अनुसार प्रधानमन्त्री काठमाडौं फर्किएपछि अन्तिम निर्णय लिइनेछ।

“प्रधानमन्त्री फर्किएपछि या त राजीनामा गराउने वा आवश्यक परेमा बर्खास्तसमेत गरिनेछ,” स्रोतले जानकारी दिएको छ। “सबैभन्दा मिल्दो विकल्प राजीनामा नै हो।”

अडियोमा मन्त्री गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि पनि घुस लिएको आरोप लगाएका छन्। तर, स्रोतका अनुसार अधिकारीविरुद्ध हाललाई तत्काल कुनै कारबाही हुने सम्भावना छैन। “अडियोमा आरोप लागे पनि पुष्टि भइसकेको छैन, त्यसैले तत्काल निर्णय लिने अवस्था छैन,” स्रोतको भनाइ छ।

सार्वजनिक अडियो अनुसार भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिमा मन्त्री गुप्ता र एक बिचौलिया बीच घुसको बार्गेनिङ भएको सुनिन्छ। यद्यपि अडियोमा उल्लेखित व्यक्ति आयोग अध्यक्षमा नियुक्त भएका छैनन्। एमाले जिल्ला तथा प्रदेश कमिटीको दबाबले प्रस्तावित नाम असफल भएको बुझिएको छ।

त्यसैगरी मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा प्रक्रिया पनि अडियोमा चर्चित बनेको छ, जहाँ ५३ लाख रुपैयाँ घुसको डिल भएको दाबी गरिएको छ।