६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा विवादः भारतको पुरानै ढिपी, तत्काल वार्तामा नबस्ने



अ+ अ-

काठमाडौं । नेपाली भूमि कब्जा गरेर बसेको भारतले तत्काल वार्तामा नबस्ने स्पष्ट पारेको छ । चीनसँग कोरोनाको चर्को उत्कर्षमा वार्ता गरेको भारत नेपालँसग भने नगर्ने नीति लिएको स्पष्ट पारेको हो । भारतले वार्ताका लागि नेपालले सकरात्मक र रचनात्मक पहल गर्नुपर्ने भन्दै घुमाउरो पारामा नक्सा फिर्ता लिन भनेको छ । तर, वास्तविक भूगोल समेटेर नक्सा सार्वजनिक भएपछि निशान छाप परिमार्जनका लागि सरकारले अघि बढाएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट तत्कालै पारित गराउने भएको छ । शनिवार दिउँसो एक बजे बोलाइएको बैठकमो सो विधेयक निर्णायार्थ प्रस्तुत गरिने तयारी गरिएको हो । विधेयकमाथी मंगलबार राति अवेरसम्म सैद्धान्तिक छलफल भएर सांसदलाई संशोधन गर्न ७२ घण्टाको समयावधी दिइएको छ । शुक्रबारसम्म सांसदले संशोधन प्रस्ताव दर्ता गराउन सक्नेछन् । तर, अहिलेसम्म सांसद सरिता गिरीले संशोधन प्रस्ताव हालेकी छन् । शुक्रबार समय सकिएपछि शनिवार बस्ने बैठकले निर्णय लिनेछ । अहिलेसम्म सबै दलले सरकारी विधेयकको समर्थन गरिसकेका छन् । यद्यपी दलहरुले वार्ताका लागि भारतसँग पहल गर्न आग्रह गरिरहेका छन् । जसअनुसार सरकारले नक्सा जारी गर्नुपूर्व पनि पटक पटक औपचारिक र अनौपचारिक रुपमा प्रयास गरेपनि भारतले आनाकानी गरिरहेको छ ।

भारतले विहिवार नेपालसँगको सीमा विवादका सम्बन्धमा आफ्नो पुरानो अडान रहेको जानकारी गराएपछि वार्ताका विषयमा पुन अन्यौल देखिएको छ । भारतले नेपालका तर्फबाट सकारात्मक र रचनात्मक पहल भएको खण्डमा मात्र वार्ता हुनसक्ने कुरा दोहोर्याएको हो । भारतको विदेश मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा सीमालाई लिएर भारत र नेपालबीच देखिएको पछिल्लो तनावका सम्बन्धमा विभिन्न सञ्चारमाध्यकका पत्रकारले राखिएको जिज्ञासामा प्रवक्ता अनुराग श्रीवास्तवले भारतको तर्फबाट पुरानै अडान रहेको दोहो¥याए । ‘सीमा विवादलाई लिएर भारतले यसअघि नै आफ्नो धारणा प्रष्ट पारिसकेको छ,’ उनले भने । भारतले नेपालले लिम्पियाधुराको भूभागलाई समेटेर नक्सा जारी गरेलगत्तै पनि नेपालको नेतृत्वले कुटनीतिक सम्वादका लागि अनुकूल वातावरण निर्माणमा सघाउने प्रतिक्रिया दिएको थियो । नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुदले भने तत्काल वार्ताको पहल थाल्न भारतलाई सुझाव दिएका छन् । उनले नेपालसँग अब विदेशसचिव स्तरमा नभई राजनीतिक स्तरमा वार्ता गर्न सुझाव दिएका हुन् । सुदले विगतमा भारतले नेपालसँग वार्ता नगर्नुको परिणाम स्वरुप नेपालले नक्सा जारी गरेको भन्दै अब पनि ढिलाई गरिए जटिल अवस्था आउने बताए ।

भारतले २६ वैशाखमा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेयता सीमा विवादलाई लिएर दुवै छिमेकीबीच तनाव कायम छ । विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले पत्रकार सम्मेलनमा फेरि एकपटक द्विपक्षीय सम्बन्ध र साझेदारीका साथै भारतले नेपाललाई गर्दै आएको प्रसंग उल्लेख गरेका छन् । ‘भारतले नेपालसँगको साझा सभ्यता, संस्कृति र घनिष्ट सम्बन्धलाई अत्यन्त महत्व दिन्छ । हालका वर्षहरुमा हाम्रो बहुआयामिक द्विपक्षीय साझेदारी थप सघन हुने क्रमसँगै बढी विस्तारित र विधिकरण भएको र भारत सरकारले पनि नेपालमा मानवीय, विकास र सम्पर्क बढाउनका लागि सयोगलाई वृद्धि गर्दै लगेको छ’, श्रीवास्तवले भनेका छन् ।

त्यसैगरी उनले कोभिड १९ महामारीसँग जुध्नका लागि पनि भारतले नेपाललाई सहयोगको हात बढाएको उल्लेख गरेका छन् । ‘कोभिड १९ विरुद्ध लड्न प्रधानमन्त्रीको अग्रसरतामा अघि सारिएको साझा रणनीतिअनुरुप भारतले नेपाललगायत छिमेकी मुलुकहरुलाई सहयोग गरिरहेको छ । सोही क्रममा भारतले नेपाललाई सम्भव सबै प्राविधिक, चिकित्सा र मावनीय सहयोग उपलब्ध गराएको छ’ प्रवक्ता श्रीवास्तवको भनाई थियो । उनले भारतले नेपाललाई करिब एक महिनाअघि औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएकोसमेत स्मरण गराएका छन् । त्यसैगरि यसअघिजस्तै भारतले नेपालको वस्तुको व्यापार तथा आपूर्तिमा कुनै अवरोध हुन नदिएको दोहो¥याएको छ । ‘लकडाउका वावजुद भारत सरकारले व्यापार तथा अत्याश्वयक वस्तुको आपूर्तिमा कुनै अवरोध हुन नदिन सुनिश्चित गरेको छ’, विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले भने ।

साथै मानवीयताका आधारमा विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन पनि भारतले सहयोग गरेको समेत प्रवक्ता श्रीवास्तवले उल्लेख गरेका छन् । भारतले जापान र इण्डोनेशियालगायतका मुलुकमा अलपत्र परेका केही नेपालीलाई उद्धार गरेको थियो । पत्रकार सम्मेलनमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका विषयमा गरेको आपत्तिजनक अभिव्यक्तिका विषयमा सोधिएपनि कुनै जवाफ दिएनन् । सौर्य दैनिक




भर्खरै