३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज जोर-विजोर कुन निजी सवारीसाधन चल्ने ?



अ+ अ-

आजदेखि जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन भएका छन् । आजदेखि काठमाडौँ उपत्यकासहित मुलुकभर जोर–जोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन गर्न पाईने ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ । तर ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ । जोर–बिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने महाशाखाले जनाएको छ।

आज ३० गते जोर नम्बर प्लेट भएको सवारी साधन सन्चालन हुने भएका छन । अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म भने चलाउन रोक लागाइएको छ । तर, कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन। ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र मोटरसाइकल र स्कुटरमा चालक मात्र भएको खण्डमा त्यस्ता सवारीसाधनलाई नरोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

विभिन्न चेकप्वाइन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने छ। नेपाल समाचारपत्र दैनिक