३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ का कारण ४ लाख २३ हजार बढीको मृत्यु



अ+ अ-

विश्वभरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ३४९ पुगेको छ । यस्तै विश्वमा संक्रमितको संख्या ७५ लाख ५३ हजार १८२ पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा भने कोरोनाका कारण १८ जनाको ज्यान गइसकेको छ ।

गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ देशमा फैलिसकेको छ । चीनमा करिब नियन्त्रणमा आइसके पनि विश्वका अन्य देशमा भने यो संक्रमण तिव्र गतिमा फैलिरहेको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

अमेरिकापछि सबैभन्दा धेरै ब्राजिल र क्रमशः रुस र भारतमा कोरोनाको संक्रमण फैलिएको छ । लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् । लकडाउन खुकुलो गरेपछि संक्रमण झन धेरै फैलिएको भन्दै यसमा पुनरविचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ ।

सुरुका दिनमा गर्मी मौसम सुरु भएपछि कोरोना संक्रमण आफैं कम हुने भनिए पनि विश्व स्वास्थ्य संगठले आफूसँग त्यस्तो कुनै प्रमाण नरेहको बताइएको छ । सौर्य दैनिक