२२ मंसिर २०८२, सोमबार
,
Latest
निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते



अ+ अ-

हुम्ला। कर्णाली करिडोरअन्तर्गत भिगौडाको उकालो सडकमा सोमबार एक एम्बुलेन्स दुर्घटना भएको छ। अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको उक्त एम्बुलेन्समा सवार चालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार खार्पुनाथ गाउँपालिकाको बा २ झ ४५८० नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो। चालक ३६ वर्षीय जंग शाहीलाई सुरुवाती उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याइएको भए पनि अवस्था गम्भीर भएपछि उनलाई जिल्ला बाहिर रिफर गरिएको छ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, प्रहरी नायब निरीक्षक (सई) शंकर पोखरेलले अनियन्त्रित भएर सवारी सडकबाट तल खसेको पुष्टि गरेका छन्।

दुर्घटनाको कारण खुल्न बाँकी भए पनि अत्यन्तै जोखिमयुक्त तथा उकालो सडक भएकाले नियन्त्रण गुमेको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।