१४ असार २०८३, आईतवार
,
Latest
वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नु सरकारको बाध्यताः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नुपर्ने सरकारको बाध्यता रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले जनसंख्या वृद्धि, बढ्दो शहरीकरण र आयस्तर बढ्दै जाँदा उपभोग्य तथा विलासी वस्तुको माग तीव्र गतिमा बढेको भएपनि घरेलु उत्पादनले त्यसलाई धान्न सक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले छोटो अवधिमा राजस्व संकलनका लागि समेत आयात खुला राख्नु सरकारको बाध्यता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कमजोर अर्थतन्त्र हुँदाहुँदै पनि उपभोग्य र विलासी वस्तुको आयातमा वृद्धि हुनुका कारणहरु नेपालमा जनसंख्या वृद्धि, शहरीकरण, आयस्तर बढ्दै जाँदा उपभोग्य तथा विलासी वस्तुको आवश्यकता पनि बढ्दै जान्छ । घरेलु उत्पादनले माग धान्न नसक्दा आयात निर्भरता बढेको छ । साथै उपभोग्य र विलासी वस्तुहरुको आयातले भन्सार राजश्वमा उलेख्य योगदान पुर्याएको छ । जसले सरकारलाई छोटो समयमा राजश्व संकलनका लागि आायत खुला राख्न प्रेरित राख्दछ ।’

उहाँले उपभोग्य र विलासी वस्तुको आयात बढ्दा सोधनान्तर घाटा बढिरहेको बताउनु भयो । उहाँले नेपालमा निर्यातभन्दा आयात धेरै भएको कारण व्यापार घाटा र शोधनान्तर घाटा दुवै बढिरहेको बताउनु भयो ।