५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग

बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग
अ+ अ-

झापा। बुद्धशान्ति गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३२ लाख ५५ हजार १५४ जम्मा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीहरूबाट सङ्कलित उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंका अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख, जनप्रतिनिधिहरूको सात दिनको सेवा सुविधाबापत रु ९९ हजार तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूबाट रु १० लाख २० हजार सहयोग जुटाइएको छ ।

कर्मचारीहरूका तर्फबाट अधिकृतस्तरका कर्मचारीको सात दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन र श्रेणीविहीन तथा सहयोगीस्तरका कर्मचारीको दुई दिनको तलब बराबरको रकम सङ्कलन गरिएको हो । यसैगरी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट रु १६ लाख ३६ हजार १५४ जम्मा भएको छ ।

माध्यमिक तहका शिक्षकहरूको सात दिन, आधारभूत तहका शिक्षकको पाँच दिन र सहयोगी कार्यकर्ता तथा कर्मचारीको दुई दिन बराबरको तलब रकम यस सहयोगमा समावेश गरिएको अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो । रासस