१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्जन्य घटनाबाट नागरिकको जिउधनको रक्षा गर्न अध्यक्ष दाहालको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विपद्जन्य घटनाबाट नागरिकको जिउधनको रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाल बाढी, पहिरो, भूकम्प, आगलागी, जलवायु परिवर्तन, महामारी लगायत अन्य प्राकृतिक र मानव निर्मित विपद्को अत्यन्त संवेदनशील मुलुकको रुपमा रहेको बताउनु भयो । हाल मुलुकमा यो वर्षाको मनसुन प्रवेश गरी सक्रिय भइरहँदा यसबाट सिर्जित विपद् र भएको धनजनको क्षतिका घटनाका विवरणहरु आउन थालेको बताउनु भयो । आजमात्रै रसुवा जिल्ला लगायत उत्तरी सीमा क्षेत्रमा आएको बाढी, पहिरोले ठूलो धनजनको क्षति भएको विवरण र समाचारहरु आइरहेको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपाल बाढी, पहिरो, भूकम्प, आगलागी, जलवायु परिवर्तन, महामारी लगायत अन्य प्राकृतिक र मानव निर्मित विपद्को अत्यन्त संवेदनशील मुलुकको रुपमा रहेको व्यहोरा हामी सबैलाई अवगत नै छ । हाल मुलुकमा यो वर्षाको मनसुन प्रवेश गरी सक्रिय भइरहँदा यसबाट सिर्जित विपद् र भएको धनजनको क्षतिका घटनाका विवरणहरु आउन थालेका छन् । आजमात्रै रसुवा जिल्ला लगायत उत्तरी सीमा क्षेत्रमा आएको बाढी, पहिरोले ठूलो धनजनको क्षति भएको विवरण र समाचारहरु आइरहेका छन् । यसले हामी सबैलाई दुःखी र गम्भीर बनाएको छ । घटना प्रभावित क्षेत्रमा राज्यका संवद्ध निकाय र जिम्मेवार पक्षले उपस्थिति जनाइ बेपत्ता व्यक्तिहरुको खोजि गर्न, उद्धार कार्यमा तिब्रता दिन राहत पुनःस्थापना, पुनःनिर्माण र क्षतिप्रतिको तत्काल कार्ययोजना बनाइ कार्यान्वयन गर्न विशेष आग्रह गर्दछु ।’

अध्यक्ष दाहालले घटना प्रभावित क्षेत्रमा राज्यका संवद्ध निकाय र जिम्मेवार पक्षले उपस्थिति जनाइ बेपत्ता व्यक्तिहरुको खोजि गर्न, उद्धार कार्यमा तिब्रता दिन राहत पुनःस्थापना, पुनःनिर्माण र क्षतिप्रतिको तत्काल कार्ययोजना बनाइ कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।