१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्को सामना गर्न सरकारले तयारी गरोस्ः महामन्त्री शर्मा



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृतिक विपद् प्रतिकार्यका लागि सरकार गम्भिर हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बर्खाको समयमा हुने बाढी–पहिरोजस्ता घटना भइसकेपछि मात्र बैठक बस्ने परिपार्टीको अन्त्य गर्नुपर्ने समेत बताउनु भयो ।

उहाँ विप्दको सामना गर्न सरकारले जोखिमयुक्त ठाउँहरुमा आवश्यक पूर्वतयारीमा लाग्नुपर्ने बताउनु भयो । उहाँले सोमवार राति चीनतर्फबाट आएको बाढीका कारण प्रभावित भएकाहरुको उद्धार र राहतमा समेत गम्भिर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्राकृतिक विपद् हाम्रो देशले निरन्तर व्यहोर्दै आएकै छ । बर्खाको बेलामा त व्यहोथ्र्यो नै जलवायु परिवर्तनको कारण गत वर्ष हामीले बेमौसममा पनि यस्तो खालको विपत्ति व्यहोर्यौं । घट्ना हुने र हुँदैछ भनेर पूर्वानुमान भइरहेकै छ । त्यसकारणले घटना भइसकेपछि गम्भिरतापूर्वक बैठक बस्ने होइन । सम्पूर्ण तयारीका साथ सरकारले युद्धस्तरमै आउँदो विपद्लाई सामना गर्ने तयारी गरोस् । चीनबाट जुन बाढी आएको छ । त्यो जलवायु परिवर्तनकै कारण हो वा अरु केही रु विज्ञहरुबाट विचार आउन बाँकी नै छ । ’

चीनतर्फ ठूलो पानी परेको वा ड्याम फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिएपनि अझै स्पष्ट भइसकेको छैन ।