१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

आज असार १ गते, कस्तो बित्नेछ तपाईको पुरै असार महिना ? हेर्नुहोस् ! मासिक राशिफल

आज असार १ गते, कस्तो बित्नेछ तपाईको पुरै असार महिना ? हेर्नुहोस् ! मासिक राशिफल
अ अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले ): असार महिनामा नयाँ कार्यको प्रारम्भ सुरु गर्न सकिनेछ । रोकिएको ठाउँबाट आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् र भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको आन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । सेयर बजारमा केहि उतारचढाव हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पढाई लेखाईमा उल्लेख्य सुधार आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । लाभदायक यात्रा रहला । विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हाँसिल गर्नेछन् । यो महिनाको लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): असार महिनामा विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । कार्य क्षेत्रबाट विस्तारै सुधार आउनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो पेशामा बढुवा तथा सरुवाको योग रहेकोछ । महिनाको अन्त्यमा अनाबश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धनमा मनमुटाव बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सुन्तलारङ्ग वा हरियोहो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): यो महिनामा तपाईकोलागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफ्नो अधिकार प्राप्तिका लागि निकै संघर्श गर्नु पर्ला । यात्रागर्दा वा सवारीसाधनको प्रयोगगर्दा सावधानी अपनाउनु पर्नेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । मध्य महिनामाभने धन सम्पत्ति हात पर्ने योग छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेंलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरी कार्य लाभ प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): यो महिनामा राम्रै हुन्छ, जोश जाँगर र हिम्मत बढ्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । शुभ र मंगल कार्यको योग छ । वाक्चतुर्याईँले सङ्कल्पहरू सिद्ध हुनेछन् । वाहान लाभ हुने समय आएकोछ । मध्य महिनामाभने अनाबस्यक आरोप लाग्ने र धनमाल हराउने योग भएकाले सजग रहनुहोला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): असार महिनामा मिश्रित फल मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भ्रमण र तीर्थाटनको योग छ । मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): असार महिनामा तपाईको घर परिवारमा झै–झमेलाको अवस्था आउला । शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला । स्वस्थ्मा समस्या देखिन सक्छ र शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । महिनाको पूर्वार्धमाभने रमाईलो यात्रा हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हल्का पहेंलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): यो महिना मध्यम रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । आफन्तहरू संग भेटघाट हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । श्रम र इमानदारिताको उचित मुल्याङ्कन हुनेछ । रमणीय र सुखद् यात्राको योगपनि छ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): असार महिनामा धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । शत्रुबाट विजय मिल्नेछ । महिनाको अन्त्य त्यति राम्रो देखिँदैन, व्यर्थको सास्ति खेप्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्नपनि सक्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेंलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): लामो समयदेखि रोकिएको काम पुनस् प्रारम्भ हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्य महिनाबाट पारिवारिक स्वास्थ्यमा समस्या आई औषध उपचारमा खर्च बढ्नेछ, अतस् ऋण र रोगको भय हनेछ । तपाईंका प्रतिद्वन्दीपनि बढ्न सक्छन् । यो महिनाको लागि शुभ अङ्क ७ र शुभ रङ्ग घ्यूरङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । स्थानान्तरण र देश विदेशको भ्रमण हुनेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । वैदेशिक कार्यमा विशेष सफलता मिल्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । तर अनावश्यक धन र परिश्रम खर्चपनि हुनेछ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता पितृ देवको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): यो महिनामा शुभ र मंगल कार्यको योग छ । तपाईका आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । हाम्रो पात्रो