• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

आज असार १ गते, कस्तो बित्नेछ तपाईको पुरै असार महिना ? हेर्नुहोस् ! मासिक राशिफल



मेष ( चु, चे, चो, ला, लि, लु, ले ): असार महिनामा नयाँ कार्यको प्रारम्भ सुरु गर्न सकिनेछ । रोकिएको ठाउँबाट आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् र भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको आन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । सेयर बजारमा केहि उतारचढाव हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पढाई लेखाईमा उल्लेख्य सुधार आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । लाभदायक यात्रा रहला । विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हाँसिल गर्नेछन् । यो महिनाको लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): असार महिनामा विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । कार्य क्षेत्रबाट विस्तारै सुधार आउनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो पेशामा बढुवा तथा सरुवाको योग रहेकोछ । महिनाको अन्त्यमा अनाबश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धनमा मनमुटाव बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सुन्तलारङ्ग वा हरियोहो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): यो महिनामा तपाईकोलागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफ्नो अधिकार प्राप्तिका लागि निकै संघर्श गर्नु पर्ला । यात्रागर्दा वा सवारीसाधनको प्रयोगगर्दा सावधानी अपनाउनु पर्नेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । मध्य महिनामाभने धन सम्पत्ति हात पर्ने योग छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेंलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरी कार्य लाभ प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): यो महिनामा राम्रै हुन्छ, जोश जाँगर र हिम्मत बढ्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । शुभ र मंगल कार्यको योग छ । वाक्चतुर्याईँले सङ्कल्पहरू सिद्ध हुनेछन् । वाहान लाभ हुने समय आएकोछ । मध्य महिनामाभने अनाबस्यक आरोप लाग्ने र धनमाल हराउने योग भएकाले सजग रहनुहोला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): असार महिनामा मिश्रित फल मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भ्रमण र तीर्थाटनको योग छ । मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): असार महिनामा तपाईको घर परिवारमा झै–झमेलाको अवस्था आउला । शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला । स्वस्थ्मा समस्या देखिन सक्छ र शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । महिनाको पूर्वार्धमाभने रमाईलो यात्रा हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हल्का पहेंलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): यो महिना मध्यम रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । आफन्तहरू संग भेटघाट हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । श्रम र इमानदारिताको उचित मुल्याङ्कन हुनेछ । रमणीय र सुखद् यात्राको योगपनि छ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): असार महिनामा धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । शत्रुबाट विजय मिल्नेछ । महिनाको अन्त्य त्यति राम्रो देखिँदैन, व्यर्थको सास्ति खेप्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्नपनि सक्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेंलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): लामो समयदेखि रोकिएको काम पुनस् प्रारम्भ हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्य महिनाबाट पारिवारिक स्वास्थ्यमा समस्या आई औषध उपचारमा खर्च बढ्नेछ, अतस् ऋण र रोगको भय हनेछ । तपाईंका प्रतिद्वन्दीपनि बढ्न सक्छन् । यो महिनाको लागि शुभ अङ्क ७ र शुभ रङ्ग घ्यूरङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । स्थानान्तरण र देश विदेशको भ्रमण हुनेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । वैदेशिक कार्यमा विशेष सफलता मिल्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । तर अनावश्यक धन र परिश्रम खर्चपनि हुनेछ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता पितृ देवको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): यो महिनामा शुभ र मंगल कार्यको योग छ । तपाईका आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । हाम्रो पात्रो