एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेको जानकारी गराए । जेलेन्स्कीले कुराकानी धेरै राम्रो भएको बताए ।
साथै, ट्रम्पले युक्रेनलाई हरसम्भव सहयोग गर्ने बारेमा पनि कुरा गरेका छन् । ‘राष्ट्रपति ट्रम्प र मेरो बीचमा राम्रो कुराकानी भयो ।’ उनले भने ।
शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आफ्नो रक्षा गर्न प्याट्रियट मिसाइलको आवश्यकता पर्ने बताए ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लडाईं अन्त्य गर्न नसकेकोमा निराशा पनि व्यक्त गरे । हालै राष्ट्रपति ट्रम्पले युक्रेनलाई ‘प्याट्रियट मिसाइल प्रणाली’ को सख्त आवश्यकता रहेको बताएका छन् ।
‘प्याट्रियट मिसाइल प्रणाली’ अमेरिकाको सबैभन्दा उन्नत वायु रक्षा प्रणाली हो । यो रेथियन टेक्नोलोजी कम्पनीले बनाएको हो । यो प्रणालीले शत्रुको हवाई आक्रमणबाट बचाउन एक प्रकारको ‘एयर कवच’ जस्तै काम गर्छ ।
यो वायु रक्षा प्रणालीले ५,००० किलोमिटरको दूरीसम्म आफ्नो लक्ष्य ट्र्याक गर्न सक्छ र प्रति घण्टा ५,८०० किलोमिटरभन्दा बढीको गतिमा आक्रमण गर्न सक्छ । यसलाई वायु रक्षा प्रणालीको ‘ब्रह्मास्त्र’ पनि भनिन्छ ।
ट्रम्पले पत्रकारहरूलाई भने कि उनी पुटिनसँगको आफ्नो अन्तिम कलबाट खुसी थिएनन् । ‘पुटिन युद्ध जारी राख्न र मानिसहरूलाई मारिरहन चाहन्छन् जस्तो देखिन्छ । त्यो राम्रो होइन । म यसबाट खुसी छैन’, उनले भने ।










