२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकहरुको अनुगमन त्रैमासिक रुपमा अनिवार्य गरौँः सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्कीले बैंकहरुको अनुगमन त्रैमासिक रुपमा अनिवार्य गर्नेगरी कानूनमै व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार अर्थसमितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकको छलफलमा भाग लिदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बैंक तथा वित्तीय संस्थाहरुको अनुगमनको समयावधि विधेयकमा ६ महिनामा १ पटक राखिएकोमा त्यसलाई घटाएर अनुगमनको अन्तराल त्रैमासिक गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार बैंकको सञ्चालक बन्न स्नातक पास राखिएको छ । त्यसलाई हटाएर योग्य व्यक्ति राखिनुपर्ने बताउनु भयो ।  सांसद कार्कीकाअनुसार कानून बनाउने गरेपनि कार्यान्वयन प्रभावकारी हुने गरेका छैनन् । त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्छ । सांसद कार्कीले पछिल्लो समय राजश्व संकलन घट्ने, बेरुजु बढ्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सांसद कार्कीले भन्नुभयो– ‘बैंक तथा वित्तीय संस्थाहरुको अनुगमनको समयावधि ६ महिनामा १ पटक भन्ने प्रश्ताव गरिएको रहेको यसलाई घटाएर अनुगमनको अन्तराल त्रैमासिक गर्नुपर्छ । यसले जोखिम कम गराउछ । बैंर्कर र व्यवसायी छुट्टाउनु स्वागतयोग्य हो । विकाशिल मुलुकमा स्वार्थको द्वन्द्व निम्तन नदिन यो व्यवस्था राखिने गरिएको छ ।’ 

उहाँकाअनुसार वाफिया विधेयकमा बैंकसँग नजिक भएकालाई ऋण नदिनेबारे स्पष्ट पारिनुपर्छ ।