१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकमा ऋण लिन जाने वातावरण बनाउनुपर्छः सभापति चालिसे



अ+ अ-

काठमाडौँ । अर्थ समितिका सभापति सन्तोष चालिसे नेपाल राष्ट्र बैंकले बैंकमा ऋण लिन जाने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

आईतावर सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजार सुस्ताउनु खतरनाक पक्ष भएको बताउनु भयो । आगामी मौद्रिक नीतिले चलायमान बनाउनुपर्ने उहाँको भनाइ  छ । अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म ऋण प्रवाह गर्नुपर्ने बताउनु भयो । बजारमा पैसा लैजानका लागि राष्ट्र बैंकले प्रभावकारी नीति ल्याउनुपर्ने बताउनु भयो ।

सभापति चालिसेले भन्नुभयो– ‘अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म ऋण प्रवाह गर्नुपर्छ ।  बजारमा पैसा लैजानका लागि राष्ट्र बैंकले प्रभावकारी नीति ल्याओस् ।  हिजो ऋण लिएकाहरु अहिले किन सुस्ताए । सबै बैंकमा आउन किन डराए । यसबारे अध्ययन हुनुपर्छ । मौद्रिक नीतिले समेत सम्बोधन गर्नुपर्छ ।’

उहाँकाअनुसार २०७२ सालको भूकम्पका बेला बैंकहरुले छुट दिने काम भएन । धेरैको घरजग्गा बैंकमा अड्किएको छ । त्यसैले मान्छेहरु ऋण लिन जान सकिरहेका छैनन् । यसमा अध्ययन हुनुपर्ने उहाँको भनाइ छ ।