२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

एलन मस्कले खोले ‘अमेरिका पार्टी’, राष्ट्रपति ट्रम्पलाई टक्कर

एलन मस्कले खोले ‘अमेरिका पार्टी’, राष्ट्रपति ट्रम्पलाई टक्कर
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पलाई टक्कर दिँदै अमेरिकाका अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ नाम दिएको दल घोषणा गरेका हुन् । मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् यसबारे जानकारी दिएका हुन् ।

मक्सले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस्’, उनले भनेका छन्– ‘तपाईंहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ, अब तपाईंले त्यो पाउनुहुनेछ । अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार गर्ने सन्दर्भमा अमेरिकाका दुवै (रिपब्लिकन र डेमोक्र्याटिक) दल समान छन् ।’

मक्सले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरेका थिए ।

मस्कले चार जुलाईमा अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा एक्समा एउटा मत सर्वेक्षण राखेका थिए । त्यसमा उनले सोधेका थिए, ‘के तपाईं दुई–दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिकामा नयाँ पार्टी बनाउनुपर्छ ?’ सर्वेक्षणको नतिजामा, ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ प्रतिशतले ‘होइन’ मत दिएका थिए ।

मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ‘बिग ब्युटिफूल बिल’ लाई लिएर चर्को बहस भएको थियो । त्यसपछि मस्कले आफूलाई ट्रम्प प्रशासनबाट बिदा भएका थिए । जवाफमा ट्रम्पले भने, ‘जब हामीले विद्युतीय सवारी साधनको अनिवार्य खरिदको अनुदान काट्ने बारेमा कुरा गर्यौं तब मस्कलाई समस्या हुन थाल्यो । म एलनसँग धेरै निराश छु । मैले उनलाई धेरै मद्दत गरेको छु ।’

त्यसपछि मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई कृतघ्न भन्दै धेरै सन्देश लेखेका थिए । मस्कले भने, ‘यदि म नभएको भए, ट्रम्पले चुनाव हार्थे ।’ उनले ट्रम्पलाई महाभियोग लगाउनेसम्मका कुरासमेत गरेका थिए । वास्तवमा मस्क ट्रम्पको यो विधेयकले अमेरिकामा लाखौं रोजगारी समाप्त गर्नुका साथै अमेरिकालाई ठूलो रणनीतिक क्षति पुग्ने विश्वास गर्छन। दुवै सदनबाट पारित भएर ट्रम्पले हस्ताक्षर गरेपछि ‘बिग ब्युटिफूल बिल’ कानुन बनेको छ ।