४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्डमाथि रोमाञ्चक जितसहित रियल मड्रिड क्लब विश्वकपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३–२ गोलले हराउँदै रियलले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलको १० औं मिनेटमा नै गोन्जालो गार्सियाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएको थियो । २० औं मिनेटमा फ्रान गार्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

यता, खेलको इन्जुरी समयमा ९०+२ औं मिनेटमा म्याक्सिमिलियन बिअरले गोल गर्दै डर्टमण्डलाई १–२ मा ल्याए । ९०+४ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियललाई ३–१ मा पुर्याए । ९०+८ औं मिनेटमा डर्टमण्डले गोल गर्यो ।

शेरहु गुइरासीले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई २–३ मा ल्याएपनि त्यतिन्जेल ढिलो भइसक्यो र रियल ३–२ ले विजयी बन्दै सेमिफाइनलमा प्रवेश गर्यो ।

रियलले अब सेमिफाइनलमा पिएसजीको सामना गर्नेछ । पिएसजीले बायर्न म्युनिखलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।