१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्डमाथि रोमाञ्चक जितसहित रियल मड्रिड क्लब विश्वकपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३–२ गोलले हराउँदै रियलले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलको १० औं मिनेटमा नै गोन्जालो गार्सियाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएको थियो । २० औं मिनेटमा फ्रान गार्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

यता, खेलको इन्जुरी समयमा ९०+२ औं मिनेटमा म्याक्सिमिलियन बिअरले गोल गर्दै डर्टमण्डलाई १–२ मा ल्याए । ९०+४ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियललाई ३–१ मा पुर्याए । ९०+८ औं मिनेटमा डर्टमण्डले गोल गर्यो ।

शेरहु गुइरासीले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई २–३ मा ल्याएपनि त्यतिन्जेल ढिलो भइसक्यो र रियल ३–२ ले विजयी बन्दै सेमिफाइनलमा प्रवेश गर्यो ।

रियलले अब सेमिफाइनलमा पिएसजीको सामना गर्नेछ । पिएसजीले बायर्न म्युनिखलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।