२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई हराउँदै उज्वेकिस्तान एसियन कपमा छनोट



photo: nsjf
अ+ अ-

काठमाडौं । उज्वेकिस्तान एएफसी महिला एसियन कपमा छनोट भएको छ ।

नेपाललाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै उज्वेकिस्तान समूह विजेता बनेर २०२६ मा अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाएको हो ।

पहिलो हाफमा ३-१ गोलले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किएको थियो । खेलको दोस्रो मिनेटमा नै उज्वेकिस्तानले अग्रता लियो ।

डियोराखोन खाबिबुल्लाएभाले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएकी हुन् ।

१२ औं मिनेटमा उज्वेकिस्तानले अग्रता दोब्बर पार्यो ।
कप्तान लुद्मिला काराचिकले प्रहार गरेको बल नेपालका खेलाडी समिक्षा घिमिरेलाई लागेर गोलमा परिणत भयो ।

२४ औं मिनेटमा नेपालका कप्तान साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-२ को अवस्थामा ल्याइन् । उनले डि-बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

३९ औं मिनेटमा उज्वेकिस्तानले ३-१ को अग्रता बनायो । माफ्तुना शोयिमोभाले पेनाल्टीमा गोल गरेकी हुन् ।

यता दोस्रो हाफमा ७१ औं र ७३ औं मिनेटमा गोल गर्दै साम्बाले ह्याट्रिक पूरा गरिन् ।

निर्धारित ९० मिनेटको समय र ७ मिनेटको इन्जुरी समयसम्म पनि बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गयो । जसमा नेपाल २-४ ले पराजित हुन पुग्यो ।

कप्तान भण्डारी पेनाल्टीमा भने चुकिन् । उनले दायाँ पोलमा प्रहार गरिन् ।