६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र चीनबीच तनावः भारतीय सेनामा कार्यरत नेपाली भारततर्फ जान थाले



अ+ अ-

भैरहवा । लद्दाखमा भारत र चीनबीच तनाव चुलिँदै गएका बेला भारतीय सेनामा कार्यरत नेपाली सुनौली नाका हुँदै भारततर्फ जान थालेका छन् । रुपन्देहीको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भारतीय सेनामा कार्यरत नेपाली चार–पाँच दिनदेखि भारत गइरहेको बताए । भारततर्फ जानेको अभिलेख नराखिने भएकाले संख्या यकिन नभएको बताए । ‘दिनमा १२/१५ जना गइरहेका छन्,’ उनले भने, ‘उनीहरु लकडाउन हुनुपूर्व बिदामा घर आएका भारतीय सैनिक हुन् । बिदा सकिएपछि र लकडाउन केही खुकुलो भएपछि उनीहरु फर्किएको हुनुपर्छ ।’

लकडाउनका कारण भारतमा पनि यातायातका साधन सञ्चालन नभएकाले घर आएका भारतीय सैनिक फर्कन पाएका थिएनन् । भारत र चीनबीच तनाव बढेका बेला उनीहरूलाई बोलाएको अनुमान गरिएको छ । भारततर्फ जाने ती सैनिकले सुनौलीबाट गन्तव्य स्थलसम्मको यातायातको साधनको प्रबन्ध आफैले गर्ने गरेका छन् । भारत सरकारले केही दिनदेखि सुनौलीबाट विभिन्न स्थानका लागि रोडवेजका बस सञ्चालनमा ल्याएको छ । सुनौलीदेखि करिब १ सय किमि अगाडि गोरखपुरबाट रेल सेवा सञ्चालन गरेको छ । भारतीय सेनामा कार्यरत नेपालीलाई छाड्न र लिन पहिला सुनौली नाकासम्म भारत गोरखपुरको कुडाघाटस्थित गोर्खा रेजिमेन्टको बस आउने जाने गर्थ्यो । अहिले त्यो सेवा उपलब्ध छैन ।

सुनौली नाकामा तैनाथ भारतीय सुरक्षाकर्मीले उता लकडाउन खुकुलो र यातायातका साधन सञ्चालन भएपछि सेना, प्रहरी र भारतीय अन्य सरकारी सस्थामा कार्यरत कर्मचारी सबैलाई परिचयपत्रका आधारमा प्रवेशको अनुमति दिने गरेका छन् । कान्तिपुर दैनिक




भर्खरै