३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशको ३३ अर्बको बजेट बहुमतले पारित



अ+ अ-

सुर्खेत। लामो समयदेखि चलेको रस्साकस्सी र विरोधपछि कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट पारित भएको छ।

शुक्रबार बसेको प्रदेश सभा बैठकले करिब ३३ अर्ब रुपैयाँ बराबरको (३२ अर्ब ९९ करोड) बजेट बहुमतले पारित गरेको हो। अर्थमन्त्री राजविक्रम शाहले असार १ गते मध्यराति बजेट सार्वजनिक गरेपछि कर्णालीको राजनीतिक माहोल तनावपूर्ण बनेको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले बजेट निर्माण प्रक्रियामा गम्भीर त्रुटि रहेको भन्दै योजना छनोटमा सत्तापक्षमै रहेका व्यक्तिहरूले स्वार्थपूर्तिको लागि बेइमानी गरेको आरोप लगाएको थियो।

योजनाको छनोटदेखि बजेट प्रस्तुतिसम्मका प्रक्रियामा प्रश्न उठाउँदै माओवादी केन्द्रले बजेटलाई विवादास्पद बनाएको थियो। बारम्बार प्रक्रियागत त्रुटि औंल्याउँदै माओवादीले सभाका बैठकहरु समेत अवरुद्ध गर्‍यो।

यस्तो परिस्थितिमा मुख्यमन्त्री यमलाल कँडेलले समाधानको पहल स्वरूप प्रमुख प्रतिपक्षीसँग वार्ताको प्रयास थाले। पटक–पटकको छलफलपछि अन्ततः सत्तारूढ पक्ष र विपक्षी दलबीच सहमति कायम भयो। यही सहमतिका आधारमा शुक्रबारको बैठकमा बजेटमाथिको छलफल टुंगोमा पुगेको र बहुमतले पास गरिएको हो।