१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी इस्ट जोन कपः फाइनलमा नेपालको प्रतिद्वन्द्वी सिंगापुर



अ+ अ-

काठमाडौँ । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले सिंगापुरसँग खेल्ने भएको छ । सिंगापुरले हङकङलाई हराएसँगै फाइल खेल्ने दुबै टोलिको टुंगो लागेको हो ।

बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो । मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो ।

यस्तै, सिंगापुरले हङकङलाई ४ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको हङकङले ४३.५ ओभरमा सबै विकेट गुमार १६८ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

फाइनल खेल आगामी जुलाई ५ मा मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ ।

समूह चरणमा नेपालले सिंगापुरलाई हराएको थियो । गत २२ जुनमा भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।