१२ श्रावण २०८३, मंगलवार
,
Latest
गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितपुर सिमरामा स्टिल उद्योगको भट्टी पड्कियो



अ+ अ-

जनकपुरधाम। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल उद्योगमा बुधवार राति भट्टी पड्किँदा एक व्यक्ति घाइते भएका छन्।

उद्योगमा काम चलिरहेको समयमा अचानक भट्टी पड्किएपछि ठूलो आवाजसहित अफरातफरी भएको स्थानीयले बताएका छन्। घटनाको विवरण प्राप्त भएसँगै प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको छ।

बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले एक जनाको घाइते भएको पुष्टि गरेका छन्। अन्य घाइतेको आशंका गरिएको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।