२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ ।

निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

साथै तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाइने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीकोतर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी, तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू गरिएको ८० घण्टे आमरण अनशन उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाबाट आजै तोडिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ देखि जारी छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईं, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, ई मोहन आचार्य, रङ्गमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सिना, आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेस), इन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजङ्ग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आआफ्नो धारणा राख्नुभएको थियो ।

विभिन्न प्रस्तावमा धारणा राख्नेक्रम जारी रहेकाले कार्यसमितिको बैठक असार १९ गते दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।