२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षाको सम्भावना : तीन दिन उच्च सतर्कता अपनाउन विभागको आग्रह



अ+ अ-

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याउँदै आमनागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक सूचना जारी गर्दै असार १८ देखि २० गतेसम्म बाढी, पहिरो र डुबानको जोखिम रहने जल तथा मौसम विज्ञान विभागको चेतावनीबारे जानकारी दिएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी तथा नदी आसपासका क्षेत्रमा पानीको बहाव अत्यधिक बढ्नसक्ने भएकाले त्यस्ता स्थानमा नजान विभागले आग्रह गरेको छ।

विभागले असुरक्षित क्षेत्र तथा खोलानाला आसपास बसोबास गर्ने र यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन भनेको छ। यात्रा आवश्यक परेमा मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र निस्किन सुझाव दिएको छ।

स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्थामा रहन भनिएको छ, ताकि सम्भावित प्राकृतिक प्रकोपका जोखिमबाट समयमै निवारण गर्न सकियोस्।