४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोष कुँवरले एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा



अ+ अ-

सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को नेतृत्वका लागि हाल महासचिव रहेका सन्तोष कुँवरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उनले पारदर्शिता, उत्तरदायित्व र संस्थागत मजबूतीलाई आफ्नो मुख्य कार्यदिशा बनाउने प्रतिबद्धता जनाएका छन्। कुँवरले आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै एनआरएनएलाई ‘सबै प्रवासी नेपालीको साझा संस्था’ बनाउने लक्ष्य अघि सारेका हुन्।

एक दशकभन्दा बढी समयदेखि संघसँग आबद्ध रहेका उनले राज्य समन्वय परिषदको सचिव पदबाट संघीय यात्राको सुरुवात गरेका थिए। उनी क्रमशः राज्य संयोजक, आइसिसी सदस्य, ओसेनिया क्षेत्रीय उपसंयोजक हुँदै हाल महासचिवको भूमिकामा सक्रिय छन्।

उनले भने, ‘मैले विभिन्न तहमा रही काम गर्दै संस्थालाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउन प्रयत्न गरेँ, अब अध्यक्षको हैसियतबाट त्यो अभियानलाई थप सुदृढ बनाउनेछु।’

सन् २००९ मा विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेका कुँवरले २०१० मा स्नातकोत्तर अध्ययन पूरा गरेका थिए। उनले ‘माइग्रेसन ल एन्ड प्राक्टिस’ मा स्नातक गरेपछि सन् २०१८ देखि ब्रिसबेनमा माइग्रेसन्ट एजेन्टको रूपमा व्यवसाय गर्दै आएका छन्।

यसअघि सन्जिब ढकाल ‘गोर्खाली’ले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। ढकालले सामाजिक सञ्जालमार्फत स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागी नेतृत्व निर्माण गर्ने घोषणा गरेका थिए। अष्ट्रेलियामा झन्डै १५ हजार ३ सयभन्दा बढी मतदाताले आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। निर्वाचन जुलाई २६ मा हुनेछ।