१२ श्रावण २०८३, मंगलवार
,
Latest
पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोष कुँवरले एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा



अ+ अ-

सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को नेतृत्वका लागि हाल महासचिव रहेका सन्तोष कुँवरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उनले पारदर्शिता, उत्तरदायित्व र संस्थागत मजबूतीलाई आफ्नो मुख्य कार्यदिशा बनाउने प्रतिबद्धता जनाएका छन्। कुँवरले आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै एनआरएनएलाई ‘सबै प्रवासी नेपालीको साझा संस्था’ बनाउने लक्ष्य अघि सारेका हुन्।

एक दशकभन्दा बढी समयदेखि संघसँग आबद्ध रहेका उनले राज्य समन्वय परिषदको सचिव पदबाट संघीय यात्राको सुरुवात गरेका थिए। उनी क्रमशः राज्य संयोजक, आइसिसी सदस्य, ओसेनिया क्षेत्रीय उपसंयोजक हुँदै हाल महासचिवको भूमिकामा सक्रिय छन्।

उनले भने, ‘मैले विभिन्न तहमा रही काम गर्दै संस्थालाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउन प्रयत्न गरेँ, अब अध्यक्षको हैसियतबाट त्यो अभियानलाई थप सुदृढ बनाउनेछु।’

सन् २००९ मा विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेका कुँवरले २०१० मा स्नातकोत्तर अध्ययन पूरा गरेका थिए। उनले ‘माइग्रेसन ल एन्ड प्राक्टिस’ मा स्नातक गरेपछि सन् २०१८ देखि ब्रिसबेनमा माइग्रेसन्ट एजेन्टको रूपमा व्यवसाय गर्दै आएका छन्।

यसअघि सन्जिब ढकाल ‘गोर्खाली’ले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। ढकालले सामाजिक सञ्जालमार्फत स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागी नेतृत्व निर्माण गर्ने घोषणा गरेका थिए। अष्ट्रेलियामा झन्डै १५ हजार ३ सयभन्दा बढी मतदाताले आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। निर्वाचन जुलाई २६ मा हुनेछ।