२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता

राष्ट्रिय सभामा अर्थमन्त्रीको कच्चा जवाफ

राष्ट्रिय सभामा अर्थमन्त्रीको कच्चा जवाफ
अ अ+ अ-

काठमाडौँ । सर्वाधिक विवादित तथा बजेट प्रस्तुतिमा आफ्नो व्यक्तिगत स्वार्थ छताछुल्ला पोखिएपछि झनै आलोचित भएका अर्थमन्त्री युवराज खतिवडाले एक आर्थिक विधेयकमा आजको राष्ट्रिय सभाको बैठकमा दिएको जवाफले राष्ट्रिय सभाका सदस्यहरु चकित परेका छन् । कतिले पिएचडी गरेका अर्थमन्त्रीको अल्पज्ञान भनेका थिए भने केहीले आफूनै सर्वज्ञानी भएकाले कसैले प्रश्न उठाउन नसक्ने घमण्ड पालेर अर्थमन्त्रीले जवाफ दिने चेष्टा गरेको बताएका थिए । राष्ट्रिय सभाका केही सदस्यले उनको यस मन्त्रीपदको खुस्किनै लागेकोले आफूले कार्यान्वयन गर्नु नपरेपछि जे भने पनि भो नि भनेर पनि कानेखुशी गरेका थिए । 

एक आर्थिक विधेयकमा सांसद जितेन्द्रनारायण देवको प्रश्न देश कोरोना महामारीले थपा परिरहेका बेला आगामी दिनमा देशको अर्थतन्त्रलाई बचाउन सरकारले के कस्तो आर्थिक व्यवस्था गरेको छ भन्ने थियो । तर त्यसको जवाफ मन्त्री खतिवडाले बडो हल्का र सोह्रै आना नमिल्दो दिए । अर्थमन्त्रीले भने– यस्तै प्रश्न नेपालमा विसं २०७२ मा भूकम्प गएपछि पनि उठेको थियो र मानिसहरुले अब त देश खत्तमै भयो कसरी आर्थिक रुपमा पारलाग्ला भन्ने भनेका थिए । उनले थप भने– अझ त्यतिबेला त देशका आर्थिक संरचना त भत्किएका थिए, तर अहिले केही भएका छैनन् । सबै ठीक हुन्छ, अर्थतन्त्र टाट पल्टिँदैन, डराउनुपर्दैन । 

तर अर्थमन्त्रीले भनेजस्तो भूकम्पको बेला र अहिलेको अवस्था एउटै होइन । त्यतिबेला त हामी नेपालीमात्र मर्कामा परेका थियौँ कि अरु देशलाई केही भएको थिएन । त्यसैले हाम्रै छिमेकी चीन, भारतका साथै जापनलगायतका विश्वका कैयौँ देशले पनि हामीलाई सहयोग गरेका थिए । नेपालले दाता सम्मेलन गरेको र त्यसमा कम्तीमा पनि १४ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता आएको अनि त्यसमध्ये धेरै दाताहरुले हामीले खर्च गर्न सक्नेगरी सहयोग गरेको कुरा मन्त्री खतिवडाले विर्सिएझैँ गरे । जबकि अहिले हाम्रा दाता कोही हुनेवाला छैनन् किनभने विश्वका सबै देशलाई कारोनाले थला पारिरहेको छ । यस समयको अर्थव्यवस्था कुनै पनि देशले आफैले गर्ने हो । 

अनि अर्को कुरा अर्थमन्त्रीले हामीले निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्ने भन्दै उद्योेग व्यवसाय सुरु भइसकेका र अबका केही समयमै लकडाउनपूर्वको अवस्थामा देश पुग्नेछ भने । मुलुकमा लकडाउन कायमै राखेर व्यापारीलाई कर तिर्न आदेश दिने मन्त्री हुन् यिनी । सर्वोच्च अदालतले लकडाउन हटेको ३० दिनभित्र कर तिर्ने प्रबन्ध गर्नु भनेर सरकारका नाममा आदेशै जारी गर्दा पनि उनले त्यस विरुद्ध सर्वोच्चमा अर्को निवेदन पठाएका थिए । यसरी अप्ठेरो परेका बेला निजी क्षेत्रको घाँटी समाउन माहिर अर्थमन्त्रीले निजी क्षेत्रलाई साथ साथ लिएर जाने र देशको खराब अर्थतन्त्रलाई उकास्ने काममा उनीहरुको साथ र सहयोग पाउने भन्ने कुरा विरलै होला । मुलुकको निजी क्षेत्रले कर्मचारी प्रवृत्ति र राजनीतिक नेतृत्वको जस्तो अलिक ठूलो छाती नभएर कुखुरे छाती भएका मन्त्रीका रुपमा यीनलाई हेर्ने गर्दछ ।