२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता

चिनियाँ कार्यशालामा प्रचण्डले भने- सैन्य गठबन्धनमा जोडिने विदेशी सहयोग स्वीकार्य छैन

चिनियाँ कार्यशालामा प्रचण्डले भने- सैन्य गठबन्धनमा जोडिने विदेशी सहयोग स्वीकार्य छैन
अ अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले सैन्य गठबन्धनमा जोडिने अभिप्रायको विदेशी सहयोग स्वीकार नहुने बताएका छन् । उनले सैन्य गठबन्धनमा जोडिने अप्रियायको कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । 
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीद्धारा आज राजधानीमा आयोजना गरिएको संयुक्त कार्यशालामा प्रचण्डले सो कुरा बताएका हुन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता स्वीकार गर्ने कि नगर्ने भन्नेमा राजनीतिक वृत्त ध्रुवीकृत भएका वेला प्रचण्डले यस्तो संकेत दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भएको संयुक्त कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो सहयोग स्वीकार्य नहुने बताएका हुन् । अमेरिकाको नामै नलिइ उनले यस्तो धारणा राखेका हुन् । संविधानसँग बाझिने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन,’ अध्यक्ष प्रचण्डले भने, नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ । नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौँ ।’

नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई भिडियो कन्फ्रेसमा सम्बोधन गर्दै प्रचण्डले सरकार र नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको बताए । प्रचण्डले भारतसँगको सीमा विवादबारे संकेत गर्दै द्विपक्षीय विषयहरू संवादबाट समाधान गर्न नेपालले चाहेको स्पष्ट पारेका छन् । प्रचण्डले हामी कुनै पनि मित्रराष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौँ उनले भने। तर, सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै वार्ता र संवाद हुने उनको धारणा थियो । 

अध्यक्ष प्रचण्डले भौगोलिक आकार, जनसंख्या र विकासको चरणका सन्दर्भमा एकरूपता नभए पनि नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको चर्चा गरेका छन् । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको तथा चीनसित ताइवानको शान्तिपूर्ण एकीकरणमा नेपालको समर्थन रहेको पनि बताए । प्रचण्डले भने, ‘हङकङ, तिब्बत, सिन्जियाङ मामिलामा नेपाल चीनलाई समर्थन गर्दछ ।’

नेपाल कम्युनिस्ट पार्टीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग साझा विकास तथा समृद्धि एवं शान्ति र हार्दिकताका सन्दर्भमा सहकार्य गर्न चाहेको पनि प्रचण्डले बताए । उनले बिआरआई नेपालजस्ता विकासशील मुलुकहरूको विकासका लागि अवसर भएको पनि उल्लेख गरे ।