१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौनकले राखे कीर्तिमान



अ+ अ-

काठमाडौँ । नेपाली यू–१६ क्रिकेट टोलीका ब्याट्सम्यान रौनक श्रीवास्तवले ५० ओभरको खेलमा सबैभन्दा उच्च व्यक्तिगत स्कोर बनाउने नेपाली खेलाडीको कीर्तमान बनाएका छन् ।

भुटानविरुद्धको खेलमा एक्लै १६८ रन जोड्दै रौनकले नेपालका लागि अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक व्यक्तिगत योगफलको कीर्तिमान बनाएका हुन् ।

कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय खेलमा नेपाली ब्याट्सम्यानले बनाएको यो उच्च व्यक्तिगत स्कोर हो ।

यसअघि यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो । अर्जुनले एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका थिए ।

यसअघि कुनै पनि उमेर समूहको क्रिकेटमा नेपाली ब्याटरले १५० को व्यक्तिगत आँकडा पार गर्न सकेका थिएनन् । राष्ट्रिय टीमबाट सर्वाधिक रनको कीर्तिमान भने कप्तान रोहित पौडेलको नाममा छ । उनले २०७८ सालमा पपुवा न्यूगिनीविरुद्ध १२६ रन बनाएका थिए ।