२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता सिटी अल हिलालसँग स्तब्ध हुँदै नकआउटबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको नकआउट चरणबाटै बाहिरिएको छ ।

मंगलबार बिहान भएको खेलमा साउदी अरेबियन क्लब अल–हिलालसँग ४–३ गोल अन्तरले पराजित हुँदै साविक विजेता समेत रहेको सिटीको यात्रा अन्तिम–१६ मै सकिएको हो ।

जितसँगै अल हिलालले भने अन्तिम आठमा स्थान बनायो ।

खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा अल हिलालले २ गोल गर्दा सिटीले एक गोल मात्र फर्काउन सक्यो ।

पहिलो हाफको सातौँ मिनेटमा कप्तान बर्नान्डो सिल्भाको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु भएको ४४ सेकेण्डमा नै मार्कोस लियोनार्डोले गोल गर्दै अल–हिलाललाई बराबरीमा ल्याए ।

५२ औँ मिनेटमा माल्कमको गोलमा साउदी टोलीले २–१ ले अग्रता बनायो । त्यसको तिन मिनेटपछि नै सिटीका एर्लिङ हालान्डले कर्नरबाट गोल गर्दै सिटीलाई बराबरीमा ल्याए ।

निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ९४ औँ मिनेटमा चेल्सीका पुर्व डिफेन्डर कालिडो कोउलिबालीले गोल गर्दै अल हिलाललाई खेलमा पुनः अग्रता दिलाए ।

खेलको १ सय ४ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–३ को अवस्थामा ल्याए । तर १ सय १२ औँ मिनेटमा मार्कोसले व्यक्तिगत दोस्रो गोल गर्दै अल हिलाललाई ४–३ को जितसहित क्वाटरफाइनल टिकट कटाए ।

अल–हिलालले अब क्वाटरफाइनलमा शुक्रबार ब्राजिलियन टोली फ्लुमिनेन्सविरुद्ध खेल्नेछ । फ्लुमिनेन्सले आजै बिहान भएको खेलमा इन्टर मिलानलाई २–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।