२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता

निरोगी नेपालको अभियान पूरा गर्न प्रधानमन्त्री ओलीकाे आह्वान

निरोगी नेपालको अभियान पूरा गर्न प्रधानमन्त्री ओलीकाे आह्वान
अ अ+ अ-

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो विश्व सँगै नेपाल पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेका यस्तो बेला औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भएको छ ।

छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले योगशास्त्रले ज्ञान दिंदै आएको र आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै निरोगी नेपालको उद्देश्य पूरा गर्न सकने उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा प्रधानमत्नी ओलीले समृद्ध नेपाल–सुखी नेपालीे हाम्रो राष्ट्रिय आकाङ्क्षा भएको स्मरण गर्दै शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक मुख्य आधार भएको हुँदा अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सकिने जनाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै योग साधनामा समाहित तमाम साधक साधिका र योग गुरुहरुलाई यस दिवसका अवसरमा विशेष शुभकामना दिनु भएको छ ।

सन्देशमा भनिएको छ, योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो । सन् २०१५ बाट संयुक्तराष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ । हामीले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने परम्परा समेत थालनी गरेका छौं । मानसिक अन्तर्यात्रा मार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको छ ।

तनाव, अवसाद, द्वेष, इर्स्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डो¥याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ । योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने रयसका सरल विधिहरुको जनसाधारणमा पहुँच पु-याउने  काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ । योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्दछ, उहाँले भन्नुभएकाे छ ।

मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो । योग साधनाले तनाव ब्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान बनाउन मद्दत पु-याउने  हाम्रो प्राचीन शास्त्रमा अष्टाङ्ग योगबारे उल्लेख गरिएको छ । जसमा योगका आठवटा चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको साधनाबारे ब्याख्या छ । भगवत गीतामा श्रीकृष्णले बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते, तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् भनी योगलाई मोहको त्याग र कर्मको कुशलताका रुपमा ब्याख्या गरेका छन् ।

हाम्रो देश आदिकालदेखि ऋषिमुनि तपस्वीहरुको पवित्र साधनास्थल हो । प्राचीन कालमा यस भूमिमा ऋषिमुनिहरुले ध्यान, आध्यात्मिक चिन्तन एवं आयुर्वैदिक पद्दतिको विकास गरेका थिए । आयुर्वेदका मुख्य ग्रन्थमध्येको चरकसंहितामा आयुर्वेदको सिद्धान्त हाम्रै हिमालय क्षेत्रमा ऋषिमुनिहरुको सम्मेलनले प्रतिपादन गरेको कुरा वर्णित छ र संहितामा हिमालय क्षेत्रका वनस्पति अरु क्षेत्रका भन्दा प्रभावकारी वा गुणकारी भएको उल्लेख गरिएको छ।

आयुर्वेदमा कायचिकित्सा, शल्यचिकित्सा, शालाक्य, कौमारभृत्य, अगदतन्त्र, रसायन, वाजीकरण, भूतविद्या गरी आठ अङ्ग छन् ।शल्यचिकित्साको सबै भन्दा पुरानो ग्रन्थ मानिने महर्षि सुश्रुतकोसुश्रुत संहितामा शल्यचिकित्साका प्रक्रिया र औजारहरु बारे वर्णन छ । योग शास्त्र र आयुर्वेदमा हाम्रो क्षेत्रका औषधीय बनस्पतिको वर्णनबाट योगलाई आधुनिक चिकित्सकीय ज्ञानको स्रोत र यहाँका बनस्पतिलाई औषधिको स्रोतका रुपमा बुझ्न सकिन्छ ।

यहाँका बनस्पतिमा रहेको यौगिक प्रभावकारिताबारे आधुनिक विज्ञानका सोध ग्रन्थहरुमा पनि चर्चा गरेको पाइन्छ । अर्थात् प्राच्य दर्शनमा अपनाइएको योग पद्दतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको छ, प्रधानमन्त्रीले भन्नुभएकाे छ ।